ताप्लेजुङमा (याःलाङ्) धाननाँच प्रतिमा निर्माण हुँदै

किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा केलाङ् (याःलाङ्) प्रतिमा निर्माण हुने भएको छ । ताप्लेजुङ फुङलिङस्थित तोक्मे बजारमा पचास लाख लागतमा उक्त प्रतिमा निर्माण गरिने भएको हो ।
कास धातुबाट निर्माण गरिने प्रतिमा आउदो भदौ अन्तिमसम्ममा निर्माण सम्पन्न हुने गरि काम सुरु भई सकेको कियाचु इजरायकी अध्यक्ष नुमा काङ्वा बोखिमले बताइन् । उक्त याःलाङ् प्रति साढे छ फिट उचाइको निर्माण हुने अध्यक्ष बोखिमले वताइन् ।

लिम्बु याक्थुङ् जातीको ऐतिहासिक साँस्कृतिक परम्परालाई अमर बनाउन र याक्थुङ इतिहासलाई बचाउन कियाचु इजरालले आर्थिक व्यवस्थापन तथा संयोजकत्वमा दुई महिला र दुई पुरूष याःलाङ् धान नाचिरहेको प्रतिमा निर्माण गर्ने निर्णय गरेको हो । पाँच फिट उचाइको पिलरमा रहने प्रतिमाको पृष्ठभुमिमा आर्टिफिसियल फक्तालुङ, मुकुम्लुङ, स्टिलबार बाउण्ड्री, ढुंगा बिच्छ्याउँने, त्यहाँ बस्नका लागी बेन्चहरू राख्ने, फुल रोप्ने साथै बगैंचा समेत रहने जनाएको छ ।

Advertisement

निर्माणका लागि स्थानिय समाजसेवी कृतिमान मादेनको संयोजकत्वमा किराँत याक्थुङ चुम्लुङ जिल्ला ताप्लेजुङका पदाधिकारी सहितका ९ सदस्यीय निर्माण समिति गठन गरीएको छ । निर्मार्णाधिन प्रतिमा कियाचू संघ र जिल्ला समितिको निगरानी रहनेछ । कांसको ४ याःलाङ् (धान नाँच) प्रतिमा बनाउँन राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव भएका मुर्तिकार पुर्ण वनेम लिम्बुको अगुवाइमा ४ कालिगढहरूले बनाइरहेको जनाइएको छ । यस प्रतिमालाई कियाचु ताप्लेजुङ जिल्ला अध्यक्ष इन्दिरा मेन्याङबो मादेनको अध्यक्षतामा गत जेठ ६ गते बसेको बैठकले ताक्वाचङ (तक्मा) याराक्मा तेन राख्ने निर्णय गरेको र निर्माण तथा अनुगमन समिति पनि गठन गरेको बताईएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु