माङसेबुङ । इलामको माङसेबुङमा किरात लिपि युनिकोड निर्माणको चर्चा र चुनौती विषायक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात इत्नामको तेस्रो श्रसङखला अन्तरगत शनिबार सरस्वती मावि भालुटारको हलमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा किरात लिपि युनिकोड निर्माण अभियन्ता सुनिल सेर्माले किरात लिपि युनिकोड निर्माणको चर्चा र चुनौती विषायक अवधारण पत्र प्रस्तुत गरेका थिए ।
Advertisement
माङसेबुङ गाउँपालिका वडा नम्बर ५ का लिम्बू भाषिक कर्मचारी समेत रहेका सेर्माले किरात लिपि युनिकोड, किरात मुन्धुमी अनलाइन पुस्तकालय र अनलाईन शव्दकोष निर्माणको विषयमा अवधारण पत्र प्रस्तुत गरेका थिए ।
उनले निर्माण कार्य अघि बढीसकेको र अहिले आएर आर्थिक समस्या परेकोले समाज र यो काम सम्पन्न हुदाँ समुदायको हितको लागि उदहरणीय कार्य हुने भएकोले अर्थिक सहयोगको अपिल समेत गरेका छन् ।
यसैगरी कार्यक्रममा उपस्थित किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिङ योङहाङले कार्यक्रमको उद्घाटन र बिट मार्दै यो काम किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाले गर्नुपर्नेमा सुनिल सेर्माबाट सुरुवात भएको भन्दै अभियन्ता सेर्मालाई धन्यवाद दिएका छन् ।
यस्तै अन्तरक्रिया कार्यक्रममा गुरु निजी कानुनी सल्लाहकार एन.एस. फागो, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय उपाध्यक्ष होम लिङदेन र माङसेबुङ बिकास समितिका सचिव उदय विक्रम तुम्बापो लगायतले हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
किरात मल्टीमिडिया, किरात चोत्लुङ, किरात आवाज र इङघङको संयुक्त आयोजना रहेको कार्यक्रमको प्रायोजन अमेरिका निवासी धार्मिक अभियन्ता सुमन सुहाङले गरेका छन् ।