माङसेबुङ । इलामको माङसेबुङ ५ लासीङबुङमा संचालनमा आएको पद्मारानी मेडिकल क्लिनिकको ओपनिङ भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ ‘ ज्यूले आइतबार एक कार्यक्रमबीच रिबन काटेर क्लिनिकको उद्घाटन गर्नुभएको हो । सो अवसरमा अङ्सीमाङले स्वास्थ्य चेकजाँच समेत गर्नुभई विभिन्न उपकरणहरुको अवलोकन पनि गर्नु भएको थियो । क्लिनिकका संचालक चित्रमाया सम्बाहम्फेले आम नागरिकलाई […]
ओत तागेरा निङवाभू माङे सेवारो आज विश्वभरका हाम्रो भक्तप्रेमी प्यारा प्यारा मेरा चेलाभुलाहरु । आज यो हामीले पूर्वबाट बगेर आएको माइठकुरानी,देउमाइ,मेक्वामाइको संगमस्थल फुलुङगी भन्ने थलोमा आज हामी भेला भएकोछौ । र, तपाईहरुको निमित्त तपाई हाम्रो लागि हामीले माङबाट बलमान माग्ने कुरा सिद्दिशक्ति माग्ने कुरा गदै आइराखेकोछौ । र, यो भन्दा पहिला हामी नक्कलेघाट तमोरखोलामा लाखध्वजा […]
माङसेबुङ । विश्व शान्ति मानव एकता तथा चराचर सृष्टि रक्षार्थ सावायेहाङ लाधुङसेमी सेवा हुने भएको छ । इलामको माङसेबुङ गाउँपालिका ५, स्थित किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा मुहिङगुम मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङ्देन ज्यूहरुको निजि गुरु आश्रम लारुम्बामा सप्ताहव्यापी सावायेहाङ थेत्नाम्धुङ लाधुङसेमी सेवा आयोजना हुने भएको हो । बर्षेनी आयोजना गरिदै आएको […]
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’सँग मेरो भेट वि.सं. २०३० मा भएको थियो। त्यसबेला वहाँको गुफा साधना सकिएको थियो। त्यसपछि वहाँसँग २२ वर्ष सँगै रहेर काम गरें। त्यस अवधिमा थुप्रै सांस्कृतिक आन्दोलन गरेका थियौं । निरंकुश पञ्चायती व्यवस्था भएकाले त्यस समयमा किराती जागरण र राष्ट्रियताका गीत गाउँदा निक्कै अप्ठ्यारो पनि भोग्नु पर्यो । वि.सं. […]
विश्व किरातीहरूको आस्थाको रूपमा रहेको किरातीहरूको पवित्र स्थल माङसेबुङ इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा न. ५ मा पर्छ । यो पवित्र स्थलले किरातीहरूको लोप हुन लागेको अस्तित्व र इतिहासलाई पुनःउत्थान गर्दै लैजाने गर्छ । जहाँ प्रत्येक वर्ष माङगेन्ना सेवा र याक्वा सेवा भव्यताकोसाथ सम्पन्न हुन्छ । सम्पूर्ण मानव जगतलाई सत्यको झण्डामुनि गोलबन्द गराई संसारलाई […]
कविता मिक्लाजोङ पहाड र सिंहदरबार युगौँ देखि उस्तैगरी उभिएको छ, यो मिक्लाजोङ पहाड। आदिवासी बादलको आँचलले फेरो लगाइरहन्छ फुल्छन् जीवनको रंग जस्तै फुलहरु पंक्षीको माधुर्य धुन कस्तरी, आँटेको होला जिवन्त विविधता यो पहाडमा ? मुन्धुममा वर्णित जलप्रलयपछी लेप्मुहाङले कसरी बचाउन सकेछन् सबैको साझा अस्तित्व? ओ हौ, शासक हुनु त त्यस्तो पो! युगौँ देखि उस्तैगरी उभिएको […]
रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा बलिहाङ तङनाम विशेष गीत ‘लारिङ्गे’ सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर सार्वजनिक गरिएको गित ‘लारिङ्गे’मा गायक तथा संगीतकार यादन सेर्मा नुनाम र गायिका थाङगुरी लाआोती आवाज रहेको छ । अम्मर तुम्याहाङको शब्दमा यादनकै संगीत रहेको भिडियोमा मिना नेम्वाङ, युगल योङहाङ, एम.के. योङहाङ र राजकुमार लिम्बूले अभिनय गरेका […]
फुङ्लिङ । ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ । फुङ्लिङ नगरपालिका–११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै लैजानुभएको छ । उहाँले भन्नुभयो,“अलैँचीको विकल्पका रुपमा किवी खेती विस्तार गर्दै लगेको छु ।” अलैँचीमा विभिन्न रोग […]
धेरै वर्ष पहिलेको कुरा हो। लक्का जवान भएको आफ्नो छोरा असोमालाइ बिहे गरि दिने बाबु आमाको सोच आयो। असोमाको सारै मिल्ने साथी ‘फा’ थियो। बाबु आमाले बिहे गरिदिने इच्छा मुताबिक ‘सिम्बोसा’ हेर्न असोमा र फा बाटो लागे। सिम्बोसा हेर्दै जाँदा लेकतिर पुगे जहाँ थोक्फेला बस्ने गर्दथ्यो। तिनै थोक्फेलालाई देखाउदै फाले आफ्नो साथी असोमालाइ भन्यो, ‘ल […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यूको ७० औं जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा ८ मंसिरदेखि सञ्चालन हुने “आत्मानन्द कप” पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । रंगशालामा सरसफाई र प्याराफिट निर्माण कार्य सोबारदेखि सुरु गरिएको आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङ्बुहाङ लिम्बुले जानकारी दिए । […]