किरात समुदायले उभौली पर्व विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ। देशभर बिहिवार विभिन्न कार्यक्रमको आयोजना गरेर उभौली मनाइएको हो। विधिवतरूपमा पूजा आराधना गरेर उभौली पर्व मनाउने गरिन्छ । यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्छन् ।
बेलायत । युकेको ननिटोन हेरिटेज सेन्ट्रमा आत्म पवित्र किरातेश्वर गौशला ( पित काम्ब्राङ ) बेलायत शाखा प्रवास समिति तीलबहादुर लाओतीको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन गरिएको छ । गत आइतबार २४ अप्रीलमा युकेको हेरिटेज सेन्ट्रमा विदेश विभाग प्रमुख आशा थोप्राको अध्यक्षतामा बसेको भेलाले लाओतीको अध्यक्षतामा किरातेश्वर गौशाला बेलायत प्रवास समिति गठन गरेको हो । […]
मोरङ । किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो मोरङका नवनिर्वाचित समितिका पदाधिकारी एवम् सदस्यहरुलाई सपथग्रहण तथा मनोनयन पत्र वितरण गरिएको छ । शुक्रबार मोरङको पथरी शनिश्चरे १, शिविर डाँडामा अवस्थित किरात हाङसाम माङहिममा भएको भेलाले गत बैशाक १० गते सम्पन्न किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो मोरङको पाचौं अधिवेशनवाट नवनिर्वाचित समितिका पदाधिकारी एवम् सदस्यहरुलाई सपथग्रहण तथा मनोनयन पत्र […]
ताप्लेजुङ । हामीले आफ्नो धर्म संस्कृति र भाषा साहित्यलाई चिन्नुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले बताउनु भएको छ । बिहिबार ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा अनावरण तथा नवनिर्मित किरात मुजोत्लुङ युमा माङहिमको उद्धघाटन पछि आशीर्वचन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङले सो […]
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफु इलामसँग जोडिन माङसेबुङ आएको बताएका छन् । गत बुधबार इलामको माङसेबुङ ५ भालुटारमा सम्पन्न चुनावी आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका मेयर साम्पाङले स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमको समर्थनमा आफु इलामसँग जोडिन आएको बताएका हुन् । ‘तपाईहरुको दुखमा सँगसँगै रुन र तपाईहरुको सुखमा सँगसँगै हाँस्न म माङसेबुङ […]
झापा । केरुङ थेगिमहाङ बंशका दाजुभाई तथा चेलीबेटी भेटघाट तथा परिचयात्मक सहित भब्य बनभोज कार्यक्रम सम्पन्न भएको छ । केरुङ चोत्लुङ सङजुम्भो चुलाचुली इलामको प्रमुख आयोजनामा झापाको शिबशताक्षी –१० दोमुखा पर्यटन पार्कमा चैत्र १७ गते उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केरुङ बंशका अग्रज राजनीतिकर्मी,गितसङ्गितकर्मी,सामाजसेवी,सामाजिक ब्यक्तित्व लगायतको व्यापक उपस्थिति रहेको थियो। केरुङ चोत्लुङ सङ्जुम्भोका केन्द्रिय […]
युके: किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको चौथो सम्मेलन सम्पन्न भएको छ । २३ मार्च २०२४ गते शनिवार आयोजित सम्मेलनमा आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्म पहाडी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष खगेन्द्र लाओती, महासचिव जुरेन्द्र खजुम, आदिबासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष सुर्यबंशी मंगरको उपस्थिती रहेका […]
किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २६ औ बार्षिक स्थापना दिवस तथा चोमेन सेवा भव्यताको साथ मनाइदैछ । इलामको माङसेबुङ – ५ , स्थित पान्जुम्भोको केन्द्रीय भवनमा चैत ३-६ गतेसम्म कार्यक्रमको आयोजना गरिएको छ । वि.स २०५५ सालमा माङसेवासाबा मुजोत्लुङ पान्जुभो स्थापना भएको हो । यस पान्जुम्भोको २६ औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाइने […]
संसारभरका लिम्बूलाई एकताको सुत्रमा जोड्ने माध्यम भाषा रहेको पहिचानवादि नेता तथा कवि कुमार लिङ्देनले बताएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष समेत रहेका लिङ्देनले लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ सांस्कृतिक मञ्चको आयोजनामा झापाको दमक ७ स्थित पशुहाटमा शुक्रबार सम्पन्न याक्थुङ साम्लो महोत्सव २०८० कार्यक्रममा सम्बोधन गर्ने क्रममा लिङ्देनले सो कुरा बताएका हुन् । […]
पान्थर । किरात हाङसाम थेबा माङहिमको ३२ औ बार्षिक स्थापना दिवस तथा महागुरु फाल्गुनन्द प्रतिमा शिलान्यास कार्यक्रमको तयारी पूरा भएको छ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर -१, स्याक्वास्थित भोलि शुक्रबार हुने माङहिमको ३२ औ स्थापना दिवस तथा फाल्गुनन्द प्रतिमा शिलान्यास कार्यक्रमको तयारी पूरा भएको आयोजक समितिका सचीव इन्द्रहाङ आङदेम्बेले जानकारी दिए । बि.स ०४९ […]













