ᤔᤠᤱᤛᤣᤒᤢᤱ: ᤁᤡᤖᤠᤋ᤻ ᤛᤠᤶᤕᤠᤣᤌᤠᤁᤢ ᤔᤢᤜᤡᤅ᤻ᤃᤢᤶ ᤀᤱᤛᤡᤔᤠᤱ ᤗᤡᤱᤍᤧᤴ ᤀᤠᤳᤔᤠᤏᤴᤍ ᤛᤣᤀᤡᤱᤖᤧ ᥍᥆ ᤛᤡᤃᤣᤁ᤻ᤐᤠ ᤏᤠᤣ-ᤛᤠᤘᤠᤏ᤻ ᤋᤱᤏᤠᤶ ᤌᤡᤶᤒᤣ᤹ᤀᤡᤴ ᤔᤡᤴ ᤁᤡᤡᤖᤠᤋᤡᤖᤧ ᤛᤢᤏᤠᤜᤴ ᤆᤠᤣᤃᤢ ॥ ᤛᤠᤰᤌᤡᤶ, ᤋᤠᤰᤁᤖ ᤏᤢ ᤕᤢᤰᤑᤠᤣᤛᤠ ᤑᤧᤔᤠᤜᤠᤱᤜᤡᤶᤒᤠ ᤋᤢᤶᤔᤠᤩᤱ ᤛᤢᤍᤏ ᤁᤡᤖᤠᤋᤡᤖᤧ ᤔᤠᤱᤛᤣᤒᤢᤱ ᤛᤠᤶᤕᤠᤣ ᤌᤠᤁᤢᤖᤧ ᤛᤠᤘᤠᤏ᤻ ᤋᤱᤏᤠᤶᤔᤠᤣ ᤐᤣᤀᤠᤱ, ᤏᤣᤐᤠᤗ ᤗᤠᤈᤣ᤹ᤀᤡᤴ ᤛᤠᤶᤕᤠᤣᤒᤠ ᤛᤠᤰᤌᤡᤶ ᤏᤢ ᤕᤠᤱᤄᤴᤖᤧ ᤁᤠᤵᤋᤢᤒᤠ ᤋᤧᤴ ᤕᤖᤡᤰ ᤏᤧᤛᤠᤱ ᤁᤢᤈᤠᤣᤁ᤻ ᤔᤧᤴᤃᤧᤳᤋᤣ ᤘᤠᤒᤠ ॥ ᤁᤴ ᤕᤠᤔ᤻ᤒᤰᤂᤠ᤹ᤀᤠᤣ ᤀᤠᤸᤗ ᤋᤱᤍᤱᤒᤠ ᤕᤢᤰᤑᤠᤣᤖᤧ ᤌᤠᤣᤒᤠᤣ ᤆᤠᤣᤃᤢᤖ ᤋᤣ᤹ᤖᤢᤒᤠ ᤌᤡᤶᤒᤣ᤹ᤘᤠᤒᤠ […]
माङसेबुङ । विश्व शान्ति मानव एकताको कामना गर्दै भारतको आसामबाट माङसेबुङसम्म धार्मिक पदयात्रा सुरु गरेको २० औ दिनमा बिहीबार ककराझा जयपुरसम्म आइपुगेको छ । आसामको लाखिमपुर जिल्लाबाट मंसिर २ गते शनिबारबाट सुरु गरिएको धार्मिक पदयात्रामा सुमन राई , पन्चबहादुर राई र राज लिम्बु, अमित कुमार लिम्बू रहेका छन् । आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको बिसौ […]
माङसेबुङ : किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाले नेपालको किरात धार्मिक सस्थाका प्रतिनिधिहरुलाई माङसेबुङ ५ स्थित निसामहिममा कार्यक्रमको आयोजना गरी मंगलबार मायाको चिनो प्रदान गरेको छ । अमेरिकाबाट माङसेबुङ भ्रमण २०२३ का लागि नेपाल आएका किरात धर्मावलम्बी भक्तजनहरुको व्यापक सहभागितामा किरात कम्युनिटी अर्गनाइजेसनले किरात मुन्धमशाला निसामहिमको हलमा मंसिर १० गते धार्मिक तथा सामाजिक संस्थाहरु सँग अन्तरक्रिया […]
विश्वमा अशान्तिलाई शान्त पार्ने मूल मन्त्र किरात धर्ममा मात्रै रहेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो । अङसीमाङले भन्नु भयो, ‘अमेरिकासंग मिसाइल होला, रसियासंग मिसाइल होला तर, पृथ्विमा ठुलो आगो लागेर आयो भने महागुरुले दिनु भएको मन्त्र छ , यसले मात्र मानव सेवा र शान्ति दिन्छ ।’ मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ज्युले एकता भए विश्वलाई नै संचालन गर्ने नयाँ दर्शन दिन आएको बताउनु भएको छ । इलामको माङसेबुङ ५ स्थित किरात हाङ्साम मुजोत्लुङ माङहिमको कार्यक्रम प्राङ्गणमा मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको दोस्रो दिन १९ […]
माङसेबुङ । माङसेबुङ इक्ला मातृभाषा गायन प्रतियोगिताको विजेता इलामका दिनेस योङहाङ बनेका छन् । प्रतियोगिताको उप विजेता इलामकै सान्ता फियाक बनेकी छन् । माङसेबुङमा सम्पन्न वृहत सांस्कृतिक कार्यक्रममा प्रतियोगिताका उत्कृष्ट चार जनाको प्रस्तुतिका आधारमा निर्णायकहरुद्धारा विजेता र उप विजेता छनौट भएका हुन् । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा […]
माङसेबुङ : नेपालकै पहिलो किरात लिपि र लिम्बू भाषाको समाचारमूलक अनलाइन पत्रिका इलामबाट सुरु गरिएको छ । मंगलबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलिबाट www.mangsebung.com लेखिएको ब्यानर खोलेर अनलाइन पत्रीकाको उद्घाटन गर्नुभएको थियो । किरात लिम्बू भाषामा समाचार सामग्री प्रकाशन गर्नेगरी पत्रिका सुरु गरिएको सम्पादक सुनिल सेर्माले बताउछन् […]
माङसेबुङः किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाद्धारा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा शुभकामना पठाएका छन् । अमेरिकामा रहेका किरात धर्मवलम्बीहरुको केन्द्रीय साझा संगठन किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाले अङसीमाङ तथा अङसीमामाङहरुको नोमाङगेन्नामा शुभकामना पत्र पठाएका हुन । शुभकामना पत्र
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ज्युले खेलकुद नालिगेन थाङबेनहरुको चोत्लुङ रहेको बताउनु भएको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा १६ औ संस्करण आत्मानन्द कपको फाइनल खेलमा आयोजित कार्यक्रममा आइतबार अङसीमाङले आशीर्वचन प्रदान गर्ने क्रममा सो कुरा बताउनु भएको हो । भिडिओ हेर्नुहोस
इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज सोमबार इलामको माङसेबुङ आउने भएका छन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ ‘को ७० औं जन्मोत्सव तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन मन्त्री किराती माङसेबुङ आउने भएको हो । यसअघि समारोहको लागि प्रधानमन्त्री […]