किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय उपाध्यक्ष तथा मुन्धुम अध्येता, साहित्यकार हरि हुक्पाचोङबाङ लिम्बुको पत्नी चन्द्रमाया योङहाङको निधन भएको छ ।
उनको आज आइतबार बिहान ५:०० बजे ६४ बर्षको उमेरमा झापाको शिवसताक्षि नगरपालिका -१० माइधारस्थित निवासमा निधन भएको हो ।
Advertisement
चन्द्रमाया योङहाङ लामो समयदेखि प्यारालाइसिस रोगबाट ग्रस्त थिइन् । उनको अन्त्येष्टि भोलि सोमबार गरिने जनाइएको छ ।