बेलायत । बेलायतमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२औ शुभजन्मोत्सव तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा भव्य रुपमा मनाइएको छ । किरात साम्यो माङसेवासावा पान्जुम्भो युकेका अध्यक्ष साङदाङगेन वरुमसावा मङगल सिङ लिङदेनको प्रमुख आतिथ्यमा युकेको गोर्खा कर्नर ननिटोन सहरमा १८ मंसिर तदनुसार ०४ डिसेम्बर २०२५ बिहिबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ […]
माङसेबुङ । १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ को उपाधि सिरिजंगा स्पोर्टिङ क्लब मोरङले चुमेको छ । बुधबार इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा भएको फाइनल खेलमा लेटाङ फुटबल क्लब मोरङलाई सडनडेत्थमा ६–५ गोल अन्तरले पराजित गर्दै सिरिजंगाले उपाधि चुमेकोे हो । उपाधि चुमेसँगै सिरिजंगाले नगद ३ लाख ११ हजार १ सय ७२ रुपैयाँका साथ ट्रफी […]
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोहको तयारी पूरा भएको छ । विगतका वर्षझैं यस वर्षपनि धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा विविध कार्यक्रमसहित अङसीमाङ जन्मोत्सवसँगै चेसोक तङनाम भव्यताका साथ मनाउने तयारी गरिएको हो । नुमाङगेन्ना सेवाको अवसरमा […]
माङसेबुङ । साविक विजेता दुधे युथ क्लब झापालाई हराउँदै सिरिजंगा स्पोर्टिङ क्लब मोरङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका ५, स्थित आत्मानन्द रंगशालामा आज शनिबार भएको पहिलो सेमिफाइनल खेलमा दुधे झापालाई २–१ गोल अन्तरले पराजित गर्दै सिरिजंगा मोरङ उपाधि नजिक […]
इलामको माङसेबुङ गाउँपालिका स्थित वडा नं ५ मा किरात लिम्बू भाषालाई सरकारी कामकाजको भाषा घोषणा भएको आठौं बर्षको अवसरमा बिशेष कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव मनाइएको छ । माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा शनिबार वडा कार्यालयको सभाहलमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाको अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा विविध कार्यक्रमबीच बार्षिक उत्सव मनाइएको हो […]
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब मोरङ र दुधे यूथ क्लब झापाविच प्रतिस्पर्धा हुदैंछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा भोलि शनिबार हुने सिरिजंगा मोरङ र दुधे झापाविचको पहिलो सेमिफाइनल खेल दिउँसो २ वजे सुरु हुनेछ । […]
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ तथा गुरुआमा पवित्रहाङमा साँबा लिङ्देनको दर्शनभेट गर्नुभएको छ । बुधबार केही दिनदेखि काठमाडौंमा रहनुभएका किरात धर्मगुरु र गुरुआमासँग मन्त्री घिसिङले धर्मगुरु रहनुभएको ठाउँमा पुगी दर्शनभेट गर्नुभएको हो । दर्शनभेटमा धर्मगुरुले मन्त्री घिसिङलाई दमक–रबी (फाल्गुनन्द) सडक र महमाई–लारुम्बा आत्मानन्द सडक कालोपत्रे […]
माङसेबुङ/दमक भाङबारी स्पोर्टिङ क्लब झापा आत्मानन्द गोल्ड कप २०८२ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बुधबार भएको खेलमा आयोजक युथ अफ माङसेबुङलाई ४–३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठ र देवेन्द्र तामाङको साथ रहेको दमक भाङबारीले सेमी फाइनलमा स्थान पक्का गरेको हो । योसँगै आत्मानन्द […]
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आज आयोजक युथ अफ माङसेबुङ दमक भाङबारी स्पोर्टिङ क्लब झापाविच प्रतिस्पर्धा हुदैंछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बुधबार हुने आयोजक माङसेबुङ र दमक भाङबारीविचको खेल दिउँसो २ वजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा कञ्चनजंघा […]
माङसेबुङ । १८औं संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगितामा झापाको दुधे यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार भएको खेलमा पाहुना टोली कञ्चनजंघा फुटबल क्लब सिलगुडी, भारतबिरुद्ध ७–२ गोलको सानदार जित निकाल्दै दुधे झापाले अन्तिम चारमा स्थान पक्का गरेको हो । दुधे झापाको जितमा निमा तामाङ र प्रदीप बुढाथोकीले […]













