इलामको माङसेबुङ -५‚ गुरु निजि आश्रममा आगामी पुस १६,१७ र १८ गते धार्मिक प्रशिक्षण हुने भएको छ।
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको आयोजनामा किरात धर्मदर्शन‚ किरात साम्जीक मुन्धुम र कर्मकाण्डबारे प्रशिक्षण हुने आयोजक समितिको अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिनुभयो।
Advertisement
प्रशिक्षण कार्यक्रममा किरात धर्मजन्य संघ संस्थाका पदाधिकारी तथा सदस्य‚ साङदाङगेन वरुमसाबा‚ माङसेवासाबा र सेवासामा र शाखा माङहिम सञ्चालक समितिका पदाधिकारीहरू सहभागी हुन पाउने जनाइएको छ।
कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनबाट आशीर्वचन पनि हुने छ।





















