धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा आयोजित मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोह १९ गते आशीर्वचन दिनुभएको थियोे ।
अङसीमाङले आशीर्वचनमा भन्नुभयो,‘गलत खानपिनले हाम्रो सोच विचारमा गलत आउँछ, आत्मा हत्या गर्ने, झैझगडा गर्ने सोचहरु दिमागमा आउँछ । त्यसैले असल खानपिन सेवन गरौं । सबैले क्रोध, घमण्ड र अहंकार त्यागौं’ अङसीमाङज्यूले भन्नु भयो, ‘खानपिनमा सुधार भएर हाम्रो शरीरलाई जोगाऔं । कूलतमा कोहीँ नफसौं ।’ वहाँले थप्नुभयो, ‘राम्रो दिमाग आउने असल कर्म गरौं ।’
Advertisement
भिडियो





















