माङसेबुङ । इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ स्थित माबुको हाङमादेनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसवार हुने भएको छ । यहि कातिक २५ गते किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती केन्द्रीय कार्यक्रममा […]
माङसेबुङ । इलामको माङसेबुङमा जारि दोस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगितामा चतुरे भेट्रान्स विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । बुधबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा आयोजकलाई टाईब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै चतुरे भेट्रान्स दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो […]
किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको प्रतिमा स्थापना बर्षेनी बढ्दोक्रममा रहेको छ । फाल्गुनन्दको प्रतिमा संस्थागत रुपमा सबै भन्दा पहिले झापाको दमकमा र इलामको माङसेबुङस्थित भञ्ज्याङमा वि.स २०६१ कार्तिक २५ गते महागुरु फाल्गुनन्दको १२० औं जन्मजयन्ती कार्यक्रममा प्रतिमा स्थापना भएको थियो । बर्षेनी महागुरु फाल्गुनन्दको प्रतिमा निर्माण […]
माङसेबुङ । इलामको माङसेबुङमा जारि दोस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगितामा सिङफेरे एफ.सी. दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा धरान वारियर्स एफ.सी.लाई ५–० गोल अन्तरले पराजित गर्दै सिङफेरे दोस्रो चरणमा प्रवेश गरेको हो । सिङफेरेको जितमा राज राई र सुमन राईले समान २ गोल गरे भने, […]
माङसेबुङ । इलामको माङसेबुङमा जारि दोस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन आशिस स्पोर्टिङ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको उद्घाटन खेलमा एन.वाई.सी. चुक्चिनाम्बालाई १–० गोल अन्तरले पराजित गर्दै आशिस स्पोर्टिङ क्लव सेमिफाइनलमा प्रवेश गरेको हो । आशिस स्पोर्टिङको जितमा रोशन योगीको एक मात्र गोल निर्णायक […]
इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भोलि सोमबारदेखि दोस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । किरात धर्म दर्शनदाता महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्तीको अवसरमा कातिक १९ देखि २५ सम्म सञ्चालन हुने दोस्रो महागुरु फाल्गुनन्द कप प्रतियोगिताको तयारी पुरा भएको आयोजक युथ अफ माङसेबुङका अध्यक्ष […]
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द कप २०८१’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता मंसिर ९ देखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८१ को अवसरमा मंसिर ९ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक आत्मा पवित्र हक्चात […]
झापा। किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्यसमिति झापा र किरात खिजोत्लुङ माङहिम माइधारको संयुक्त आयोजनामा एकदिने योग साधना सम्पन्न भएको छ । शनिबार झापाको माईधारस्थित खिजोत्लुङ माङहिमको सभाहलमा आयोजित योग अभ्यास सम्पन्न गरिएको हो । योग अभ्यासको लागि प्रशिक्षकहरुमा हरि हुक्पाचोङबाङ र दुर्गा नेम्वाङ रहनु भएको थियो । योग अभ्यास पहिलो चरणको रहेको […]
विश्व शान्ती तथा मानव एकता र चराचर सृष्टि रक्षार्थ बर्सेनि आयोजना हुँदै आएको उपत्यकाव्यापी उधौली सेवा, साक्मुरा वादेम्मा (गालिश्राप बहन्ती) सेवा सम्पन्न भएको छ। काठमाडौको पशुपति गुह्येश्वरी किनारमा गत कार्तिक ६ गते मंगलबारको दिन बिहान ७ बजेदेखि सुरु भएको उधौली सेवामा साक्मुरा वादेम्मा, कुदाप कुई देवी देउराली युमामाङ,हिममाङ,थेबामाङ, सुम्निसा, नौग्रह,अष्टयोगीनी, निस्सेसेक्खामाङ,हाङ्साम थेबा लगायतको आराधना गरिएको […]
दार्जिलिङ । भारतस्थित किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समितिको आयोजनामा दार्जिलिङ र सिक्किममा रहेका किरात धर्मावलम्बीहरुको संयुक्त आयोजनामा येत्नामधुङ लाधुङसेमी साथै माङहुप वादेम्मा सेवा गरिएको छ । सेवा आइतबार २०२४ अक्टोबर २१ तारिखका दिन दार्जिलिङको सिङला बजार बडा छोडा रङगितको दोभानमा माङहुप वादेम्मा गालीश्राप बहन्ती सेवा गरिएको हो । सेवामा नेपालबाट साङदाङगेन वरुमसाबा […]