झापा । कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार–२०८० द्वारा लेखक तथा साहित्यकार हरि हुक्पा चोङबाङ पुरस्कृत हुनुभएको छ । प्रजातन्त्र आन्दोलनका क्रान्तियोद्धा झापाबासी दिवंगत बौद्धिक व्यक्तित्व गुञ्जमान सुब्बा आङबुहाङको स्मृतिमा स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा आङबुहाङ स्मृति पुरस्कार–२०८० द्वारा पुस १६ गते तद्नुसार जनवरी १ मा चोङबाङलाई पुरस्कृत गरिएको हो । किरात याक्थुङ चुम्लुङ झापा शाखाको […]
आसाम : इतिहासकार इमानसिंह चेम्जोङको १२० औँ जन्मजयन्ती आसामको कोक्राझार जिल्ला सरलपाडामा भोली सोमबार कार्यक्रम हुँदैछ । किरात धर्म तथा साहित्य उत्थान संघ शाखा समिति कोक्राझार सरलपाडाको आयोजनामा चेम्जोङको जन्मजयन्ती र लाधुङसेमी सेवाको आयोजना गरिएको संघका शाखा समिति अध्यक्ष सुनिल दिबुसा वान्तावा राइले जानकारी दिए। विगतको वर्षदेखि नै अंग्रेजी सम्वत जनवरी १ तारिक […]
ताप्लेजुङ : ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल मुक्कुम्लुङ क्षेत्रमा कुनै भौतिक संरचना बनाउँन नदिने मुकुम्लुङ संयुक्त सङ्घर्ष समितीले चेतावनी दिएका छन् । मुक्कुमलुङको अस्तित्वलाई जोगाउँनका लागि जस्तोसुकै संघर्ष गर्नपछि नहट्ने समेत चेतावनी दिएका छन् । मुक्कुमलुङ क्षेत्रमा लामो समय देखि केबलकार निर्माण बहस चलिहरको छ । केबलकार निर्माणका केहि प्रक्रियाहरु पुरा भएको छ । केबलकार निर्माण […]
झापा / किरात लिम्बू भाषा, साहित्य र किरात लिपि पुनर्त्थानकर्ता त्येअङसी सिरिजंगा सिंथेबेको ३ सय १९औं जन्म-जयन्ती मनाइएको छ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाको कार्यालय चुम्लुङहिमको परिसरमा स्थापना गरिएको शालिकमा माल्यार्पण गरि थेबेको जन्म-जयन्ती मनाइएको हो । बि.सं. १७६१ मङ्सिर २९ गते (मङ्सिरे पूर्णिमाको दिन) तद्नुसार सन् १७०४ मा पूर्व लिम्बुवानको याङवरकथुम सिनाम […]
पाँचथर। पूर्वमन्त्री स्व.पदमसुन्दर लाओतीको शालिक अनावरण गरिएको छ। सदरमुकाम फिदिम १ र ४ को संगमस्थल अस्पतालमोडमा निर्मित पूर्वमन्त्री लाओतीको शालिकलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार अनावरण गरेका थिए। शालिक अनावरण गर्दै प्रदेश प्रमुख खापुङले पाँचथर जिल्लाको बिकासको लागि ठूलो योगदान गरेर गएका स्वर्गिय लाओतीले देखाएको बाटोलाई पाँचथरेहरुले पछ्याउनुपर्ने बिचार राखेका थिए। गृह सहित विभिन्न मन्त्रालय […]
माङसेबुङ। विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ आइपुगेका पदयात्रीलाई आइतबार निजि गुरुआश्रममा भब्य स्वागत गरिएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ज्युको देव समुपस्थितिमा माङसेबुङ ५ स्थित निजि गुरु आश्रम दर्शनालयमा आइतबार कार्यक्रमको आयोजना गरी पदयात्रीहरुलाई भब्य स्वागत सम्मान गरिएको हो । उनिहरुले आसामको लाखिमपुर जिल्लाबाट मंसिर २ गते शनिबार अन्तरदेशीय धार्मिक […]
माङसेबुङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) ले इलाम क्षेत्र नं २ मा आगामी हुने उपनिर्वाचनमा पहिचानवादीले साझा उम्मेदवारी उठाउने जनाएका छन् । शनिबार प्रदेश न १ पुनः नामाङकन संयुक्त संघर्ष समिति महमाइको आयोजनामा माई नगरपालिकाको बिहिवारे बजारमा सम्पन्न प्रदेशको नाम कोशी खारेजी पहिचानवादी जनसभालाई सम्बोधन गर्ने क्रममा लिङ्देनले इलाम २ मा […]
झापा / किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाद्वारा स्थापित नरेन्द्र बहादुर-कमलादेवी स्मृति साहित्य पुरस्कारद्वारा साहित्यकार रचना लाओती पुरस्कृत हुनुभएको छ । जिल्ला चुम्लुङहिममा शुक्रवार सम्पन्न जग्गा-भवनदाता नरेन्द्र बहादुर आङ्बुहाङको ९६औं जन्म-जयन्ती समारोहमा साहित्यकार लाओतीलाई पुरस्कृत गरिएको हो । समारोहका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय सदस्य अमृत योङहाङले साहित्यकार लाओतीलाई तीन हजार नगद सहित सम्मान-पत्र प्रदान […]
दमक । किरात याक्थुङ चुम्लुङको अगुवाईमा झापाका विभिन्न ठाउँहरुमा चासोक तङनाम भब्य रुपमा मनाइने भएको छ । शुक्रबार दमकमा पत्रकार सम्मेलको आयोजना गरी कार्यक्रमबारे जानकारी दिदैं किरात याक्थुङ चुम्लुङका झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले चासोक तङ्नामलाई चुम्लुङले विशेष महत्व दिएको बताएका छन् । चासोक र याक्थुङ लिम्बूहरुले प्रयोग गर्ने सिरिजंगा लिपीको पुनः उत्थानकर्ता सिरिजंगा थेबेको ३१९ […]
किरात धर्म र संस्कृति किरात धर्मदर्शन तागेरा निङवाभूमाङको उत्पत्तिबाट शुरु हुन्छ। यसका साथै विश्व ब्रह्माण्ड चराचर जगतको व्याख्या विश्लेषण मुन्धुमले गर्छ। मुन्धुम आत्मसात् गर्ने किरात धर्मदर्शन साक्षात, अनन्त, अथाह, अखण्ड छ। जहाँ ज्ञानै ज्ञानको खानी छ। अनन्त दर्शन किरात धर्ममा पाइन्छ। किरात धर्म, कर्म, संस्कार, संस्कृति, साहित्यको पनि तागेरा निङवाभूमाङको उत्पत्तिसँगै उत्थान भएको विश्वास गरिन्छ। […]