Advertisement
सिसेक्पा तङ्नाम अर्थात साउने सक्रान्ति पर्व किराती समुदायले अनादिकालदेखि अनिकाल हटाई सहकाल र समृद्धि बोलाउने चाडको प्रतिकको रुपमा मनाउदै आएको पर्व हो
। यो पर्व किरात सभ्यताको एक कालखण्डमा सुरुआत भएको हो। किरातीहरुले यस पर्वलाई कहिलेदेखि मनाउन शुरु गरे भन्ने बिषयमा कुनै यकिन तिथिमिति तोक्न सकिने अवस्था छैन ।
किरात मुन्धुम अनुसार जल प्रलयकालीन महात्मा सोधुङ्गेन लेप्मुहाङ्को समय पछाडी प्रलयबाट बचेका मानिसहरुको संख्या अति तिब्ररुपमा बढ्दै गयो। तिनीहरू एकै ठाउँ बस्दा बाझ्ने , झैझगडा गर्ने हुँदा हुद्दा हुद्दा भएर चारै दिशा बाँडिए। यहि क्रममा एक हुद्दा मनातेम्बेबाट सिन्युक मैदानमा आएर बसे। सिन्युक देश हालको चीन हो तर त्यस समय कुनै मुलुकको भुगोलको सिमाङ्कन भएको थिएन। सिन्युकमा रहँदा बस्दा एक शक्तिशाली माङहाङ नामक राजाको उदय भयो। तिनै राजाको पालामा असाध्यै ठुलो अनिकाल आइलागेकोले जनताले खान नपाएर भोकभोकै मर्न लागेको देखी राजा अत्यन्तै चिन्तित भए र राजा माङहाङले जनता बचाउन उनै परमात्मा तागेरा निङ्वाभुमाङको ठुलो भक्ति गरे। उनको भक्तिका कारण सपनामा परमात्मा आएर भन्नुभो ू बिहानै उठेर तिम्रो बारीमा हेर्नु , अन्न उम्रीएको देख्यौ भने खानु । सपना अनुसार राजा माङहाङ मिर्मिरेमै उठेर बारीमा गएर हेर्दा साँच्चिकै बारीको पाखाभरी लटरम्म भटमास पाकेको देखेर खुशीले गदगद भए। उनले तुरुन्तै सारा जनतालाई भेला गरी सबै घटनाक्रम सुनाए र पाकेको भट्मास टिपेर खान आदेश दिए र सबैको ज्यान बचाए ।
केही समयपछि राजा माङहाङले पुनः सारा आफ्ना प्रजालाई भेला गरेर परमात्माको आदेश अनुसार निम्न कुराहरु पालना गर्न लगाए
१,आइन्दादेखि अनिकालबाट बच्न बीउबिजनको जोहो गर्नु , बारी बनाइराख्नु , बीउबिजन छर्नु र फलाएर खानु ।
२, परमात्माको आशीर्वाद माग्नु , परमात्मालाई नुवाङ्गी गरी चढाउनु । यसको लागि पुजा बिधि समेत राजाले प्रजाहरुलाई सिकाए ।
३, परमात्मा परमेश्वर तागेरा निङ्वाभुमाङको यो आपतकालीन अवस्थामा भएको दया , कृपा र अनुग्रहलाई स्मरण गरी हरेक बर्ष बाली पाकेपछि सिसेक्पा साउन महिनामा यो कुरा स्मरण गरेर चाड मनाउनु।
मुन्धुमलाई आधार मान्दा १० हजार बर्ष अघि लेप्मुहाङको पालामा जलप्रलय भएको थियो। यो कथा हिन्दु शास्त्रानुसार मनुको समयमा र बाइबल अनुसार नुहाको पालामा भएको थियो । तर मनु र नुहाले कुन ठाउँमा मानिस बचाए भन्ने स्पष्ट किटान छैन तथापि मुन्धुम अनुसार राजा र महात्मा सोधुङ्गेन लेप्मुहाङले हालको पान्थर जिल्लाको मिक्लाजुङ गाउँपालिका (७ साविक लिम्बा (७ मा अवस्थित उच्च मिक्लाजुङ डाँडामा डुङ्गा बिसाएर मानब लगायत विभिन्न पशुपंक्षी बचाए। अहिले पनि त्यो डाँडामा लेप्मुहाङले बचाएका मानिसहरुलाई डुङ्गाबाट बाहिर निकालेर खानेकुरा पकाउन राखिएका चुलाहरु यथावत छन् । पुरातत्त्वविदहरुले त्यसको अनुसन्धान गर्ने हो भने कति बर्ष पुरानो हो पत्ता लाग्ला।
जे होस् , माथि नै उल्लेख गरिएको छ कि साउने सक्रान्ती पर्ब किरातीहरुले अनिकालबाट बचेर सहकाल ल्याई सुख शान्ति सहकाल र समृद्धिको रुपमा मनाइने चाड हो। अजभोलि यस पर्वलाई किरात स्मुदाय र गैर किरात समुदाय सबैले आआफ्नो ढंगले मान्ने गरिन्छ। यो पर्ब किरात सभ्यताको पनि एक अभिन्न कालखण्ड हो भन्ने कुरालाई निम्नानुसार प्रष्ट्याउन सकिन्छ ।
क, सर्बप्रथम किरात समुदायबाट साउने सक्रान्ति सिसेक्पा तङनाम मनाउने परंपराको थालनी ।
ख, अनिकालबाट बच्न बीउबिजन भण्डार गरी ब्यबस्थित खेतीपाती गर्ने कृषि युगको शुरूवात ।
ग, प्रकृतिपुजक किरात समुदयले बाली लगाउनु अघि र बाली पाकेपछि परमात्मासँग अन्नको सह माग्ने , आशीर्वाद माग्ने उधौली उभौली पर्व मान्ने शुरुवात ।
घ ,पाकेको बाली चढाउन नुवाङ्गी पुजा गर्दा धुप पोल्ने चरु ९ चा ं ओरु ० पोल्ने पुजा बिधिको शुरुवात किरातहरुबाटै शुरूवात भएको किरात सभ्यताकालीन हो। इतिहासकार इमानसिंह चेम्जोङ्द्वारा लिखित र संकलित किरातको मुन्धुम बेदमा यसरी लेखिएको छ ( आल्लो मिदुप्मा पोङरो ।। सोतो केप्मा पोङरो ।। हुक्सोत चरु ओमा पोङरो । साङसिङ ओमा पोङरो। निप्मारो ।। अर्थ ( अब आगो सल्काउनु , घ्यु हाल्नु। चरु पोल्नु। धुप लगाउनु। शास्त्र पढ्नु। यसबाट के कुरा थाहा हुन्छ भने अहिले बिकसित ठुल्ठुला धार्मिक अनुष्ठान नाम्धुङ लाधुङसेमी सेवा ९ महायज्ञ ० हरुको मुल आधार जग नै यहि हो भन्न सकिन्छ ।