ताप्लेजुङको सिदिङ्वा गाउँपालिका लिम्बुदिन चित्रेडाडामा किरात धर्मका एक कर्मठ व्यक्तित्व, समाजसेवी साङदाङगेन वारुमसाबा स्वर्गीय तोपाहाङ लिङ्देनको शालिक बिहिवार अनावरण गरिएको छ । किरात  धर्मगुरु मुहिङगुम अङ्सिमाङ आत्मानन्द लिङ्देन सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देनले  स्वर्गीय तोपाहाङ लिङ्देनको शालिक अनावरण गर्नुभएको थियोे  । हवाई मार्ग भएर ताप्लेजुङको चित्रेडाडामा शालिक अनावरण गर्न पुग्नुभएको अङ्सीमाङ तथा अङसीमामाङहरुले […]

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको प्रतिमा  अनावरण तथा किरात माङहिम उद्घाटन गरिएको छ । किरात मुजोत्लुङ युमा माङहिम समितीले निर्माण गरेको महागुरुको प्रतिमा अनावरण संगै किरात माङहिम बिहिबार किरात धर्म गुरु मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेईङ’ तथा मुहिङ्गुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनज्यूहरुले उद्घाटन गर्नु भएको हो । […]

भिडियो हेर्नुहोला  पहिचान र अस्तित्व रक्षाको लागि  इलाम क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी  घोषणा गरेका डकेन्द्र सिंह थेगिमले बताएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम जितौं अभियान चुनाव प्रचार प्रसार समिति माङसेबुङ इलामको आयोजनामा बुधबार इलामको माङसेबुङ ५ भालुटारमा सम्पन्न चुनावी आमसभामा बोल्दै उनले पहिचान पक्षधर सबैले मत दिएर बिजयी हुनेमा विश्वस्त रहेको […]

माङसेहुङ । किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेन ताप्लेजुङ माङसवार हुने भएको छ । बिहीबार आज ताप्लेजुङ मेरिङदेनको सान्थाक्रा स्थित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा अनावरण र ताप्लेजुङको लिम्बुदिनको चित्रेडाडामा निर्माण गरिएको स्वर्गीय  तोपाहाङ लिङ्देन शालिक अनावरण कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा […]

झापा । केरुङ थेगिमहाङ बंशका दाजुभाई तथा चेलीबेटी भेटघाट तथा परिचयात्मक सहित भब्य बनभोज कार्यक्रम सम्पन्न भएको छ । केरुङ चोत्लुङ सङजुम्भो चुलाचुली इलामको प्रमुख आयोजनामा झापाको शिबशताक्षी –१० दोमुखा पर्यटन पार्कमा चैत्र १७ गते उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केरुङ बंशका अग्रज राजनीतिकर्मी,गितसङ्गितकर्मी,सामाजसेवी,सामाजिक ब्यक्तित्व लगायतको व्यापक उपस्थिति रहेको थियो। केरुङ चोत्लुङ सङ्जुम्भोका केन्द्रिय […]

माङसेबुङः  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ ज्युसंग भेट दर्शन गरेका छन्  । शुक्रबार इलामको माङसेबुङ -५, अवस्थित किरात धर्मगुरु निजि गुरु आश्रममा पुगेर उपप्रधान एव गृहमन्त्री रवि लामिछाने र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ लगायत टोलिले किरात धर्मगुरु ज्यूसंग भेट दर्शन गरेका हुन् । आजै जनमत पार्टीका […]

इलाम । किरात धार्मिक संस्थाहरुले पछिल्लो समय किरात धर्म सम्बन्धि गलत प्रचारप्रसार भइरहेको विषयमा विहिबार प्रेस सम्मेलन आयोजना गरेको छ । किरात धर्म सत्यहाङमा सेवा संघ केन्द्रीय कार्यालय इलामले गत चैत १० गते दमकमा पत्रकार सम्मेलन गरी किरात धर्म सम्बन्धि गलत प्रचारप्रसार गरेको प्रेस विज्ञप्तिको खण्डन गर्दै किरात धार्मिक संस्थाद्धय किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति […]

युके: किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको चौथो सम्मेलन सम्पन्न भएको छ । २३ मार्च २०२४ गते शनिवार आयोजित सम्मेलनमा आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्म पहाडी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा  किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष खगेन्द्र लाओती, महासचिव जुरेन्द्र खजुम, आदिबासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष सुर्यबंशी मंगरको उपस्थिती रहेका […]

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा  किरात धर्म दर्शनदाता महान समाज सुधारक  राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द  लिङदेनको सालिक उद्घाटन हुने भएको छ । किरात मुजोत्लुङ युमा माङहिम समितिले निर्माण गरेको सालिक यही चैत्र २२ गते किरात धर्मगुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द ‘सेईङ’ तथा मुहिङ्गुम अङसीमामाङ साँवा पवित्राहाङमा लिङदेन ज्यूहरुको समुउपस्थितमा उद्घाटन हुने किरात मुजोत्लुङ […]

माङसेबुङ। किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २६ औ वार्षिक स्थापना दिवस तथा चोमेन सेवासँगै सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । इलामको माङसेबुङ – ५, स्थित पान्जुम्भोको भवनमा सोमबार आयोजित स्थापना दिवसमा किरात धर्ममा योगदान पु¥याउने तीन जना अग्रज माङसेवासाबाहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेमा माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको पूर्व […]