नेम्बाङ सङजुम्भोद्वारा आई बी नेम्वाङलाई सम्मान

सिक्किम । किरात याक्थुङ पेभाकुम नेम्बाङ सङजुम्भो‚ माङसेबुङ ले भारतको सिक्किम प्रान्त सोरेङ जिल्ला स्थित अप्पर थाम्बोङ सोम्बारे निवासी इन्द्रबहादुर नेम्वाङ (आई बी) लाई अभिभावक सम्मान गरेको छ ।

नेम्वाङ वंशको उत्थान, समाज रुपान्तरण लगायतका उल्लेख्य सामाजिक काम गर्दै आएका नेम्वाङ ८३ बर्ष पुगेका छन् । उहाँकै निवासमा आयोजना गरिएको सो कार्यक्रममा सङजुम्भोका अध्यक्ष नन्दकुमार नेम्वाङले अभिभावक सम्मानको ओैचित्य प्रष्ट पार्दै सम्मान पत्र प्रदान गरेका थिए ।

Advertisement

स्थानीय बुद्धिजीवी टीकाभुषण नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बिलकुमार नेम्वाङले सञ्चालन गरेका थिए । यश कार्यक्रममा सहभागी लिम्बू भाषा विद् एच बी पन्धाकले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्मानित नेम्वाङले आफ्नो योगदानको कदर भएकोमा खुशी लागेको र बाचुञ्जेल सम्म निरन्तर समाज सेवामा लाग्ने बिचार राख्नुभयो । कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ प्रान्तीय समिति सिक्किमका प्रतिनिधि, शिक्षक, कर्मचारी र नेम्वाङ वंशको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु