शनिबार माङसेबुङमा खिबेक्वा याक्वाको महत्वबारे अन्तक्रिया कार्यक्रम हुँदै

माङसेबुङ । किरात इत्नामको ९ औ श्रृंखला कार्यक्रम भोली शनिबार माङसेबुङ ५ भालुटारमा हुने भएको छ । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होम बहादुर लिङदेनद्धारा  प्रस्तुत  किरात धार्मिक महापर्व खिबेक्वा याक्वा सेवाको महत्वबारेमा अन्तक्रिया कार्यक्रम हुने भएको हो ।

यसैगरि  इत्नामको ९ औ श्रृंखला कार्यक्रमको  किरात कम्युनिटि अर्गनाइजेशन अफ अमेरिकाले प्रायोजन गरेको छ । हरेक महिना विभिन्न विषय अन्तर्गत रहेर कार्यक्रमको आयोजना गदै आइरहेकोमा किरात इत्नामको आठौँ शृङ्खला गत मंसिर १५ गते मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनज्यूको माङसिवाखाहुन र सान्दर्भिकता बारे प्रस्तोता नन्दकुमार नेम्वाङद्वारा प्रस्तुत गर्नुभएको थियो ।

Advertisement

किरात मल्टिमिडिया,किरात चोत्लुङ मिडिया प्राली, किरात आवाज डटकम र इङघङ मिडियाद्वारा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको विचार, विमर्श, ज्ञान र अनुभवहरु व्यक्त गर्ने साझा कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु