वेलायत । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्र्यि समिति युकेको आयोजनामा ३० मार्च २०२५ आइतवार बेलायतको आस्फोर्ड केन्टमा बसोबास गर्दै आएका किरात धर्मावलम्बीहरुको सामुहिक आप्लुङगेन् ताङसेप चोमेन माङगेन्ना सेवा सम्पन्न भएको छ । संघको राष्ट्रिय समिति बेलायतका अध्यक्ष राजेन्द्र खिम्दिङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशेष अतिथिहरुमा संघका राष्ट्रिय समिति युकेका उपाध्यक्ष केवाहाङ चेम्जोङ,सचीव पर्वत […]
युके / किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्र्यि समिति युकेको आयोजनामा युकेको आस्फोर्ड केन्टमा किरात धर्मावलवम्बीहरुको सामूहिक आप्लुङगेन ताङसेप चोमेन माङगेन्ना सेवा हुने भएको छ । ३० मार्च २०२५ आज आइतबारका दिन युकेको आस्फोर्ड केन्टमा बसोबास गर्दै आएका किरात धर्मावलवम्बीहरुको सामूहिक आप्लुङगेन ताङसेप चोमेन माङगेन्ना सेवा हुने आयोजक समितिका अध्यक्ष किरात धर्म तथा साहित्य […]
माङसेबुङ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले आगमी चैत २३ मा हुने भएको छ । याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा सञ्चालन भईरहेको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले झापाको दमक–५, स्थित रोयल पार्टी प्यालेसमा आगमी […]
माङसेबुङ । किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २७ औ वार्षिक स्थापना दिवस तथा वार्षिक चोमेन सेवासँगै सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देव समुपस्थितीमा सम्पन्न कार्यक्रममा किरात धर्ममा योगदान पु¥याउने एक जना अग्रज माङसेवासाबालाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । यसरी […]
माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक पर्व कुसङ तङबे चैत नै किन ? शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार माङसेबुङ ५ भालुटार स्थित वडा कार्यलयको सभाहलमा किरात इत्नामको एघारौं शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्जिक मुन्धुम निसामहिमका तुमसिकसाम्बा ललितचन्द्र फियाकले किरात धार्मिक पर्व कुसङ तङबे चैत नै किन ? शिर्षकमा कार्यपत्र प्रस्तुत […]
इलाम । प्रदेश नं. १ को नाम कोशी नामाङ्कनको दिन फाल्गुन १७ गते पहिचान पक्षधरले कालो दिन घोषणा गरेका छन् । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले फाल्गुन १७ गते कालो दिन घोषणा गर्दै प्रदेशको विभिन्न स्थानमा विरोध सभा गर्ने जनाएको छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका संयोजक तथा […]
इलाम । मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार समूह’ले सरकारसँग वार्ताको वातावरण बनाउँन चार बुँदे शर्त सार्वजनिक गरेको छ । मुन्धुमी स्थल मुक्कुमलुङ संरक्षणका लागि संघर्षरत समूहले सोमबार विज्ञप्ती जारी गर्दै वार्ताको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको हो । आन्दोलनका क्रममा पक्राउ परेकाहरूको निसर्त रिहाइ तथा कर्फ्यु हटाउनु पर्ने । केबलकार निर्माण कार्य स्थायी रूपमा रोक्दै […]
इलाम । मुकुम्लुङ पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनरत ‘नो केबलकार समूह’लाई सरकारले फेरि वार्ताका लागि बोलाएको छ । वार्ता टोलीबाट सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको […]
माङसेबुङ । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि दिपेन्द्र शिखर फुटबल क्लव इलामले चुमेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार सम्पन्न फाइनल खेलमा कनकाई नगरपालिका झापामाथि १–० को कठिन जित निकाल्दै दिपेन्द्र शिखर इलामले उपाधि कव्जा गरेको हो । इलामको जितमा सोष्तिमा विकले निर्णायक गोल गोरिन । […]
माङसेबुङ । रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रोे सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै दिपेन्द्र शिखर इलाम उपाधि नजिक पुगेको हो । […]













