वेलायत । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्र्यि समिति युकेको आयोजनामा ३० मार्च २०२५ आइतवार बेलायतको आस्फोर्ड केन्टमा बसोबास गर्दै आएका किरात धर्मावलम्बीहरुको सामुहिक आप्लुङगेन् ताङसेप चोमेन माङगेन्ना सेवा सम्पन्न भएको छ ।
संघको राष्ट्रिय समिति बेलायतका अध्यक्ष राजेन्द्र खिम्दिङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशेष अतिथिहरुमा संघका राष्ट्रिय समिति युकेका उपाध्यक्ष केवाहाङ चेम्जोङ,सचीव पर्वत राई,प्रमुख माङसेवासावा,सल्लाहकार मंगलसिं लिङ्देन र सल्लाहकार विश्वासदिप तिगेला लगायतको उपस्थिति रहेको थियो ।
Advertisement
किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थितिमा संञ्चालन भएको माङगेन्ना सेवामा प्रमुख माङसेवासावा मंगलसिं लिङदेनले किरात साम्जिक मुन्धुम वाचन गरि भक्तजहरुको माङगेन्ना सेवा उठाएका थिए । भने संघको राष्ट्रिय समिति उपाध्यक्ष निर्मल पतङवाको सभापतित्वमा भएको कार्यक्रम सहसचिव निराज माबोहाङले सञ्चालन गरेका थिए ।
हरेक वर्ष बेलायतको विभिन्न स्थानमा बसोबास गर्दै आएका किरात धर्मलवम्बीहरुको सामुहिक आप्लुङगेन्न ताङसेप चोमेन माङगेन्ना सेवा किरात साम्जिक मुन्धुम,संस्कार अनुसार हुने गरेको छ ।
विशेष गरि किरातीहरुले परम्परा देखि मौलिक रुपमा गर्दै आएका धार्मिक कर्म, संस्कार मध्ये माङगेन्ना एक महत्पुर्ण कर्म संस्कार हो । माङगेन्ना भनेको शिर हो । शिरलाई सधै उच्च पवित्र राख्न माङसेवा साबाहरुद्वारा साम्जीक मुन्धुम वचन गरेर माङगेन्ना उठाउने गरिन्छ । यदि माङगेन्न ढल्यो भने माङगेन्ना चोत्लुङको फुल ओईलियो भने कहिले हाकेको, ताकेको, सोचेको केही नपुग्ने र चोट, पटक लाग्ने, आखिडाही लाग्ने, मानिस विराम हुने साथ मृत्यसम्म हुने परम्परा देखि जनविश्वस रहि आएको छ ।
धार्मिक जनविश्वास र साम्जिक मुन्धुम अनुसार आत्मारक्षाका लागि ६/६ महिनामा अथवा बर्षको २ पटक माङगेन्ना गर्नुपर्ने हुन्छ । यसरी माङगेन्ना गर्नाले आत्मारक्षा हुनका साथै जीवनमा सुख शान्ति हुने मुल्यमान्यता भएकोले हरेक बर्ष माङगेन्ना गरिने गरिन्छ ।