पान्थर। किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय बिभुती मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको समाधिस्थल ध्वाजेडाडा सिलौटीमा फाल्गुनन्द प्रतिमा शिलान्यास गरिएको छ । बुधबार महागुरुको समाधीस्थल ध्वाजेडाडामा करिब ११ फुटको पुर्णकदको फाल्गुनन्द प्रतिमा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिङ नेम्बाङको हस्तबाहुलीमा शिलान्यास सम्पन्न भएको हो । शिलान्यास कार्यक्रममा फाल्गुनन्द गाउँपालिका २ नम्बर वडा अध्यक्ष […]

आसाम। कोक्राझार जिल्ला सरलपाडागाउँमा रहेको निर्माणाधिन किरात माङहिम उद्घाटनको अन्तिम चरणमा पुगेको छ । माङहिम निर्माण समितिका सचिव सुनिल राइले अङ्ग्रेजी सम्बत सन २०२४ भित्रमा माङहिम उद्घाटन गर्ने तयारीमा रहेको जनाएका छन् । निर्माण समितिका सचिव राइले भने,’सरलपाडा गाउँमा सन २०१७ मा माङहिम निर्माण गर्ने छलफल भएपछि माङसेबुङ स्थित गुरुनिजि आश्रममा गुरु भेटदर्शनको लागि माङहिम […]

पान्थर ।  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको पान्थरको खलङगाटारमा देवसवार हुने भएको छ । किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको पुर्णकदको प्रतिमा अनावरणको लागि याङनामको खलङगाटारमा धर्मगुरु र गुरुआमाज्युहरुको देवसवार हुने भएको हो  । आगामी माघ १६ गते महागुरुको […]

इलाम।  देउमाई नगरपालिका–१ चमैतामा  सुम्निामा र पारुहाङको प्रतिमा अनावरण गरिएको छ ।  किरात राई समुदायको आराध्य पितृदेव सुम्निमा पारूहाङको प्रतिमा  सुप्तुलुङ खिमको परिसरमा निर्माण  गरिएको हो । प्रतिमा अनावरण देउमाई नगरपालिकाको प्रमुख सुर्यप्रसाद पोखरेल, उपप्रमुख पविमाया राई, किरात राई यायोक्खा इलाम जिल्ला कार्यसमिति अध्यक्ष पुष्पा राई र किरात राई यायोक्खा देउमाई नगर कार्यसमिति अध्यक्ष धनबहादुर […]

झापा । कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार–२०८० द्वारा लेखक तथा साहित्यकार हरि हुक्पा चोङबाङ पुरस्कृत हुनुभएको छ । प्रजातन्त्र आन्दोलनका क्रान्तियोद्धा झापाबासी दिवंगत बौद्धिक व्यक्तित्व गुञ्जमान सुब्बा आङबुहाङको स्मृतिमा स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा आङबुहाङ स्मृति पुरस्कार–२०८० द्वारा पुस १६ गते तद्नुसार जनवरी १ मा चोङबाङलाई पुरस्कृत गरिएको हो । किरात याक्थुङ चुम्लुङ झापा शाखाको […]

आसाम : इतिहासकार इमानसिंह चेम्जोङको १२० औँ जन्मजयन्ती आसामको कोक्राझार जिल्ला सरलपाडामा भोली सोमबार कार्यक्रम हुँदैछ ।   किरात धर्म तथा साहित्य उत्थान संघ शाखा समिति कोक्राझार सरलपाडाको आयोजनामा चेम्जोङको जन्मजयन्ती र लाधुङसेमी सेवाको आयोजना गरिएको संघका शाखा समिति अध्यक्ष सुनिल दिबुसा वान्तावा राइले जानकारी दिए।   विगतको वर्षदेखि नै अंग्रेजी सम्वत जनवरी १ तारिक […]

ताप्लेजुङ : ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल मुक्कुम्लुङ क्षेत्रमा कुनै भौतिक संरचना बनाउँन नदिने मुकुम्लुङ संयुक्त सङ्घर्ष समितीले चेतावनी  दिएका छन् । मुक्कुमलुङको अस्तित्वलाई जोगाउँनका लागि जस्तोसुकै संघर्ष  गर्नपछि नहट्ने समेत चेतावनी दिएका छन् । मुक्कुमलुङ  क्षेत्रमा लामो समय देखि केबलकार निर्माण बहस चलिहरको छ । केबलकार निर्माणका केहि प्रक्रियाहरु पुरा भएको छ । केबलकार निर्माण […]

झापा / किरात लिम्बू  भाषा, साहित्य र किरात  लिपि पुनर्त्थानकर्ता  त्येअङसी सिरिजंगा सिंथेबेको ३ सय १९औं  जन्म-जयन्ती मनाइएको छ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाको कार्यालय चुम्लुङहिमको परिसरमा स्थापना गरिएको शालिकमा माल्यार्पण गरि थेबेको जन्म-जयन्ती मनाइएको हो । बि.सं. १७६१ मङ्सिर २९ गते (मङ्सिरे पूर्णिमाको दिन) तद्नुसार सन् १७०४ मा पूर्व लिम्बुवानको याङवरकथुम सिनाम […]

पाँचथर।  पूर्वमन्त्री स्व.पदमसुन्दर लाओतीको शालिक अनावरण गरिएको छ। सदरमुकाम फिदिम १ र ४ को संगमस्थल अस्पतालमोडमा निर्मित पूर्वमन्त्री लाओतीको शालिकलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार अनावरण गरेका थिए। शालिक अनावरण गर्दै प्रदेश प्रमुख खापुङले पाँचथर जिल्लाको बिकासको लागि ठूलो योगदान गरेर गएका स्वर्गिय लाओतीले देखाएको बाटोलाई पाँचथरेहरुले पछ्याउनुपर्ने बिचार राखेका थिए। गृह सहित विभिन्न मन्त्रालय […]

माङसेबुङ। विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ आइपुगेका पदयात्रीलाई आइतबार निजि गुरुआश्रममा भब्य स्वागत गरिएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ज्युको देव समुपस्थितिमा माङसेबुङ ५ स्थित निजि गुरु आश्रम दर्शनालयमा आइतबार कार्यक्रमको आयोजना गरी पदयात्रीहरुलाई भब्य स्वागत सम्मान गरिएको हो । उनिहरुले आसामको लाखिमपुर जिल्लाबाट मंसिर २ गते शनिबार  अन्तरदेशीय धार्मिक […]