माङसेबुङ । किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रममा नालीफुङ्वा जुझारु पुरस्कार -२०८१ वितरण गरिएको छ ।
शनिबार माङसेबुङ-५, अवस्थित आयोजित स्थापना दिवस कार्यक्रममा किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो झापाका अध्यक्ष डिल्ली इङनाम र थुम पान्जुम्भो मोरङका सचिव लक्ष्मी जवेगुलाई किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिती अध्यक्ष केहेरसिं योङ्हाङको प्रमुख आतिथ्यमा नालीफुङ्वा जुझारु पुरस्कार प्रदान गरिएको हो ।
Advertisement

यसैगरी किरात धर्ममा महत्वपूर्ण योगदान गर्ने युवाहरुमध्ये नालीफुङवा जुझारु पुरस्कार २०८१ बाट यस वर्ष किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो झापाका अध्यक्ष डिल्ली इङनाम र थुम पान्जुम्भो मोरङका सचीव लक्ष्मी जवेगुलाई प्रदान गरिएको किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको कार्यवाहक सचीव लोकेन्द्र कार्कीले जानकारी दिए ।





















