भोजपुरको आमचोक गाउँपालिका ६ अवस्थित निर्मित माङखिम बैशाख २४ गते उद्घाटन गरिएको छ । ९६ औं समाज सुधार दिवसको अवसरमा भोजपुरको आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाको संगमस्थलमा निर्माण गरिएको किरातेश्वर माङखिमलाई पुनः उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ध्रुवराज राई र विशेष अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं […]
किरात धार्मिक पर्व ९६औं समाज सुधार दिवस उपत्यकामा भव्य रुपले सम्पन्न भएको छ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका -८ शंखदेवि स्थित किरात माङसेसे हाङसाम माङहिमको प्रांगणमा विशेष कार्यक्रम गरी मनाइएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । विशेष अतिथिहरु प्रा:डा भवानी शंकर अधिकारी , ज्योतिर्वीद डा. चन्द्रकुमार सेर्मा, किरात याक्थुङ […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुले रिबन काटेर नवमी लिङ्दिन फुलुङगी माङसेबुङ दर्शन तीर्थमार्गको उद्घाटन गर्नुभएको छ । माङसेबुङ गाउँपालिका ५ गुरु निजि आश्रम लारुम्बा हुदैँ किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्ञानभूमी फुलुङगी , देउमाइ नगरपालिका महागुरु ज्ञानभूमी खत्रक्पा हुदै नवमी,लिङ्दिङ , फुलुङगी, माङसेबुङ […]
इलामको माङसेबुङ गाउँपालिका १ गजुरमुखीधाममा विश्व शान्ति तथा मानव एकताको निमित्त येत् नाम्धुङ लाधुङसेमी सेवा विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । गुरु निजी आश्रम अर्थ समितिको आयोजनामा सप्ताहव्यापी सेवामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको देव उपस्थितिमा गत चैत २३-२७ गतेसम्म सेवा आयोजना भएको थियो । […]
इलाम : सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा विभिन्न योजनाबारे नागरिकसँग प्रत्यक्ष संवाद गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राई, […]
इलामको माङसेबुङ गाउँपालिका १ गजुरमुखीधाममा येत् नाम्धुङ लाधुङसेमी सेवा यही चैत २३-२७ गतेसम्म सेवा आयोजना हुने भएको छ । गुरु निजी आश्रम अर्थ समितिको आयोजनामा सप्ताहव्यापी हुने सेवामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको देव उपस्थितिमा सेवा सञ्चालन हुने छ । चैत २४ गते मंगलबार साक्मुरा वादेम्मा […]
गोविन्द आङ्बुङलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसनमा आइतबार साँझ सम्पन्न भएको छ । उपाध्यक्ष ४ पदमा योगेन्द्र पालुङवा (कोशी) र चक्र येक्तेन अभिषेक (मेची), निरन्ति तुम्बापो (महिला), निर्वाचित भएका छन् । उपाध्यक्ष एक पद भने खाली रहेको निर्वाचन निर्वाचन मण्डलका सदस्य मलिसा याक्थुङबाले जानकारी गराए । महासचिवमा अमरजंग तुम्याहाङ (अमर तुम्याहाङ) निर्विरोध निर्वाचित […]
इलाम । इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा विश्व शान्ति तथा मानव एकताको निमित्त येत्नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न भएको छ । जमुना अवस्थित फाल्गुनन्द मिङसो माङहिम सेवा सञ्चालक समितिको आयोजनामा गत फागुन १० गते आइतबार विश्व शान्ति तथा मानव एकता एवम् सम्पूर्ण चराचर जगत प्राणीको उपकारको लागि चोमेन येत्नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको हो । सेवामा […]
किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूको ७०औं जन्मोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। जन्मोत्सव मूल समारोहको इलामको माङसेबुङ गाउँपालिका-५ स्थित किरात हाङसाम मुजोत्लुङ माङहिमको प्राङ्गणमा भएको थियो। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा धर्मगुरुआमा पवित्रहाङमा साँबा लिङ्देनको उपस्थितिमा फागुन ३ गतेदेखि ५ गतेसम्म जन्मोत्सव कार्यक्रम भएको थियो। फागुन ३ गते बिहान […]
इलाम । सन्दकपुर गाउँपालिका वडा नम्बर – ५, जमुनामा विश्व शान्ति तथा मानव एकताको निमित्त येत्नाम्धुङ लाधुङसेमी सेवाको तयारी पूरा भएको छ । जमुना अवस्थित फाल्गुनन्द मिङसो माङहिम सेवा सञ्चालक समितिको आयोजनामा भोलि आइतबार हुने विश्व शान्ति तथा मानव एकता एवम् सम्पूर्ण चराचर जगत प्राणीको उपकारको लागि चोमेन येत्नाम्धुङ लाधुङसेमी सेवा तयारी पूरा भएको आयोजक […]













