इलाम : सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा विभिन्न योजनाबारे नागरिकसँग प्रत्यक्ष संवाद गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राई, […]

इलामको माङसेबुङ गाउँपालिका १ गजुरमुखीधाममा येत् नाम्धुङ लाधुङसेमी सेवा यही चैत २३-२७ गतेसम्म सेवा आयोजना हुने भएको छ । गुरु निजी आश्रम अर्थ समितिको आयोजनामा सप्ताहव्यापी हुने सेवामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको देव उपस्थितिमा सेवा सञ्चालन हुने छ । चैत २४ गते मंगलबार साक्मुरा वादेम्मा […]

गोविन्द आङ्बुङलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसनमा आइतबार साँझ सम्पन्न भएको छ । उपाध्यक्ष ४ पदमा योगेन्द्र पालुङवा (कोशी) र चक्र येक्तेन अभिषेक (मेची), निरन्ति तुम्बापो (महिला), निर्वाचित भएका छन् । उपाध्यक्ष एक पद भने खाली रहेको निर्वाचन निर्वाचन मण्डलका सदस्य मलिसा याक्थुङबाले जानकारी गराए । महासचिवमा अमरजंग तुम्याहाङ (अमर तुम्याहाङ) निर्विरोध निर्वाचित […]

इलाम ।  इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा विश्व शान्ति तथा मानव एकताको निमित्त  येत्नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न भएको छ । जमुना अवस्थित फाल्गुनन्द मिङसो माङहिम सेवा सञ्चालक समितिको आयोजनामा गत फागुन १० गते आइतबार  विश्व शान्ति तथा मानव एकता एवम् सम्पूर्ण चराचर जगत प्राणीको उपकारको लागि चोमेन येत्नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको हो । सेवामा […]

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूको ७०औं जन्मोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। जन्मोत्सव मूल समारोहको इलामको माङसेबुङ गाउँपालिका-५ स्थित किरात हाङसाम मुजोत्लुङ माङहिमको प्राङ्गणमा भएको थियो। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’  तथा धर्मगुरुआमा पवित्रहाङमा साँबा लिङ्देनको उपस्थितिमा फागुन ३ गतेदेखि ५ गतेसम्म जन्मोत्सव कार्यक्रम भएको थियो। फागुन ३ गते बिहान […]

इलाम । सन्दकपुर गाउँपालिका वडा नम्बर – ५, जमुनामा विश्व शान्ति तथा मानव एकताको निमित्त  येत्नाम्धुङ लाधुङसेमी सेवाको तयारी पूरा भएको छ । जमुना अवस्थित फाल्गुनन्द मिङसो माङहिम सेवा सञ्चालक समितिको  आयोजनामा भोलि आइतबार हुने विश्व शान्ति तथा मानव एकता एवम् सम्पूर्ण चराचर जगत प्राणीको उपकारको लागि चोमेन येत्नाम्धुङ लाधुङसेमी सेवा तयारी पूरा भएको आयोजक […]

इलाम । इलामको सन्दकपुर ५, जमुनामा विश्व शान्ति तथा मानव एकता एवम् सम्पूर्ण चराचर जगत प्राणीको उपकारको लागि चोमेन खिवेक्वा याक्वा येत्नाम्धुङ लाधुङसेमी सेवा यही फागुन १० गते आइतबार आयोजना गरिएको  छ । फाल्गुनन्द मिङसो माङहिमको आयोजनामा  हुने सेवाको आज पहिलोदिन फागुन ९ गते शनिबार साक्मुरा वादेम्मा सेवा सम्पन्न भएको छ । भने, भोलि १० […]

माङसेबुङ/जनता सेभेन स्पोर्ट क्लब इलाम पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।       इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा मंगलबार सम्पन्न खेलमा बेलबारी फुटबल क्लब मोरङलाइ २–१ गोल अन्तरले पराजित गर्दै इलाम सेमिफाइनल प्रवेश गरेको हो ।   इलामको जितमा रेखा बिष्टले खेलको ९ औ मिनेटमा गोल गरेका […]

दारिम्बा फुटबल क्लब पान्थर पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा सोमबार सम्पन्न खेलमा पद्मा स्पोट्र्स क्लब ओखलढुङ्गालाई २–० गोल अन्तरले पराजित गर्दै पान्थर सेमिफाइनल प्रवेश गरेको हो ।   पान्थरको जितमा वर्षा ओलीले २ गोल गरेकी थिइन् । वर्षा आजको खेलको उत्कृष्ट खेलाडी […]

इलाम : माङसेबुङमा जारी १६ औं संस्करणको पवित्रहाङमा कप खेलकुद प्रतियोगितामा मिक्लाजुङ फुटबल क्लब पाँचथरले विजयी सुरुवात गरेको छ। माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द खेल मैदानमा आइतबार  सम्पन्न उद्घाटन खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरले लेटाङ फुटबल क्लब‚ मोरङलाई १-० गोल अन्तरले पराजित गरेको छ। खेलको हाफमा मिक्लाजुङकी कृतिका राई गरेको गोल निर्णायक बनेको थियो। कृतिका आजको […]