इलाम । इलामको सन्दकपुर ५, जमुनामा विश्व शान्ति तथा मानव एकता एवम् सम्पूर्ण चराचर जगत प्राणीको उपकारको लागि चोमेन खिवेक्वा याक्वा येत्नाम्धुङ लाधुङसेमी सेवा यही फागुन १० गते आइतबार आयोजना गरिएको छ ।
फाल्गुनन्द मिङसो माङहिमको आयोजनामा हुने सेवाको आज पहिलोदिन फागुन ९ गते शनिबार साक्मुरा वादेम्मा सेवा सम्पन्न भएको छ । भने, भोलि १० गते आइतबार येत्नाम्धुङ लाधुङसेमी सेवासहित विविध कार्यक्रम हुने आयोजक किरात मिङसो फाल्गुनन्द माङहिम व्यवस्थापन समितिले जनाएको छ ।
Advertisement
सेवा आयोजना विशेष गरि संसारमा बढ्दो अशान्ति, पाप, हत्याहिंसा र पन्चतत्वको विकराल अवस्थालाई मध्यनजर गर्दै किरात धर्म दर्शन दाता महागुरु फाल्गुनन्द लिङ्देनको उपदेश तथा वर्तमान किरात धर्मगुरु गुरुआमाज्यूहरुको उपदेशलाई आत्मासाथ गर्दै विश्व शान्ति तथा मानव एकताको लागि आप्लुङ ताङसेप चोमेन सेवा येत्लाधुङ सेमी सेवाको आयोजना गरिएको आयोजक समितिको अध्यक्ष संगम थेबेले जानकारी दिए ।
यसैगरी सेवाको माङप्रसाद ग्रहणको लागि जमुनाबासी र सम्पूर्ण भक्तजनहरुलाई निम्तो गरिएको आयोजक समितिले जनाइएको छ ।






















