माङसेबुङ । इलामको माङसेबुङमा मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती मा.बि.को सभाहलमा किरात इत्नामको दशौं शृङ्खला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका तुमसिकसाम्मा कल्पना लिङदेनले मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए । किरात कम्युनिटि अर्गनाइजेशन अफ […]
माङसेबुङ । मुक्कुमलुङ संघर्ष समितिले सात बुँदे मागसहित भोलि मंगलबार(माघ १५)देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधरका पाँच घटकले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै यातायात बन्दको आह्वान गरेको हो । बिज्ञप्तिमा श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी […]
राज्यका नेताहरुले मुलुकका जनताको माग र चाहनालाई समेटेर लानुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङमा शनिबार आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोह आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो । ‘जनताको माग र चाहनालाई राज्यले दबाउनु हुँदैन, दमन गरियो भने झन विकराल […]
माङसेबुङ/सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोहको तयारी पूरा भएको छ । माघ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत विहिबार हिजो साक्मुरा वादेम्मा सेवा सम्पन्न गरिएको छ । शुक्रबार आज हुने भनिएको विश्व शान्ति तथा मानव एकताको निमित किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी […]
पवित्र भूमि फुलुङगीलाई धार्मिक रुपले र भौतिक रुपले बिकास गर्दै लानुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका, माइ नगरपालिका र देउमाई नगरपालिकाको संगम स्थल ज्ञानभूमि फुलुङगीमा आयोजित माघे संक्रान्ति सत्यहाङमा शान्ति मकरस्नान येत् नाम्धुङ लाधुङसेमी सेवा समारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो । […]
माङसेबुङ । माङसेबुङव्यापी १५औं राष्ट्रपति रनिङ सिल्ड सरस्वती माध्यमिक विद्यालयलले तेस्रो पल्ट जितेको छ । माङसेबुङ ४ सिङफेरेमा पुस २४ देखि २६ सम्म संचालन गरिएको प्रतियोगितामा सरस्वतीले ११ स्वर्ण ७ रजत र ५ कास्य जित्दै प्रथम बनेको हो ।सरस्वती विद्दालयका प्रधानाध्यापक हरी आङदेम्बेले विद्यालयले ११ स्वर्णका साथ माङसेबुङ गाउँपालिका स्तरीय सिल्ड जितेकोमा खेल शिक्षक र […]
झापा / मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले एकसाथ गरेका छन् । मुन्धुमअनुसार पृथ्वीकै पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेर निर्माण गरिएको नाटकमा पछिल्लो […]
धनकुटा । याक्थुङ लेखक संघ जिल्ला कार्य समिति धनकुटाले लिम्बू भाषा शिक्षा छात्रवृत्ति पुरस्कार वितरण तथा स्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ । आगामी माघ ५ गते शनिबार चौबिसे गाउँपालिका धनकुटाको सभा हलमा सो कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा लिम्बू भाषाबाट कक्षा १२ मा बोर्ड टप गरेकी छात्रा बसन्ता […]
माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक महापर्व खिबेक्वा याक्वा सेवाको महत्वबारेमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती मा.बि.को सभाहलमा किरात इत्नामको नवौं शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय उपाध्यक्ष होमबहादुर लिङदेनले किरात धार्मिक महापर्व खिबेक्वा याक्वा सेवाको महत्वबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । […]
इलाम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार इलाम सदरमुकाममा भएको फोनिजको छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा याम माबोहाङ निर्वाचित भएका छन् । समिति उपाध्यक्षमा सङसेमी माङयुङ, सचिवमा सिर्जना श्रेष्ठ, सहसचिवमा एलिना गुरुङ र कोषाध्यक्षमा सरिता राई निर्वाचित भएका छन् ।यस्तै सदस्यहरुमा सुनिता मगर, डिल्लीमाया लिम्बू, सरोज […]













