माङसेबुङ/ इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा माघ २३ गतेदेखि १४ औ संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नोमाङगेनाको अवसरमा आयोजित पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता माघ २३ देखि शुरु हुने भएको हो […]
दमक । किरात याक्थुङ चुम्लुङको सांगठनिक सुदृढिकरण तथा वर्तमान परिप्रेक्ष्यमा चुम्लुङको भूमिका विषयक एकदिने प्रशिक्षण कार्यक्रम मंगलबार झापाको दमकमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनलाई अभिनन्द गरिएको छ ।प्रशिक्षण कार्यक्रममा संघीय अध्यक्ष येक्तेनले किरात याक्थुङ चुम्लुङको उद्धेश्य, सांगठनिक ढाँचा, चुम्लुङको तहगत संगठनमा आबद्ध भई काम गर्नेहरूको काम, कर्तव्य, […]
(वि.स. २०७९ असोज ७ गते इलामको माङसेबुङमा आयोजित किरात साम्जीक मुन्धुम निसामहिमको ४१ औं स्थापना दिवस कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।) ओत् तागेरा निङ्वाभू माङ्ङे सेवारो कन किरात शकसक आनी मिप्मा साम्याङवा लिङ्े युप्पावा लिङ्े थाकथाकुम लिङ्देन हाङमारे साप्योक लिङघु, लिङ्योक लिङ्घु । साम्यो आधा?रे आधे । लिङ्योक […]
इलाम : किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन ज्ञानसिद्धभूमी देउमाई नगरपालिका ९ खत्रक्पामा माघे संक्रान्ती सत्यहाङमा शान्ति मकरस्नान लाघुङसेमी महान सेवा समारोह कार्यक्रम सम्पन्न भएको छ । सोमबार इलामको माई नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थल खत्रक्पामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा […]
माङसेबुङ । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको आयोजनामा पान्जुम्भोमा आबद्ध समिति र कलाकारहरुसँग भेटघाट तथा छलफल कार्यक्रम गत शनिबार सम्पन्न भएको छ । कार्यक्रममा पान्जुम्भोको पितृसंस्था किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले पान्जुम्भोलाई निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । आफ्ना भनाई राख्ने क्रममा गुरु निजी सचिव टंक लिङदेन, पान्जुम्भोका पूर्व अध्यक्ष रामबहादुर थुलुङ, […]
धरान । किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषद केन्द्रीय अध्यक्षमा सागर केरुङ निर्विरोध निर्वाचित भएको छ । बुधबार धरानस्थित चुम्लुङ्हिममा सम्पन्न समितिको चौंथो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा केरुङ्लाइ निर्विरोध निर्वाचित गरेको हो । यसरी नै उपाध्यक्षमा भवानी विक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङ्बाङ्, महासचिवमा कन्चन थलङ् र कोषाध्यक्षमा उदय बेघालाई निर्वाचित गरेको छ । सदस्यहरुमा […]
पान्थर। किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय बिभुती मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको समाधिस्थल ध्वाजेडाडा सिलौटीमा फाल्गुनन्द प्रतिमा शिलान्यास गरिएको छ । बुधबार महागुरुको समाधीस्थल ध्वाजेडाडामा करिब ११ फुटको पुर्णकदको फाल्गुनन्द प्रतिमा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिङ नेम्बाङको हस्तबाहुलीमा शिलान्यास सम्पन्न भएको हो । शिलान्यास कार्यक्रममा फाल्गुनन्द गाउँपालिका २ नम्बर वडा अध्यक्ष […]
आसाम। कोक्राझार जिल्ला सरलपाडागाउँमा रहेको निर्माणाधिन किरात माङहिम उद्घाटनको अन्तिम चरणमा पुगेको छ । माङहिम निर्माण समितिका सचिव सुनिल राइले अङ्ग्रेजी सम्बत सन २०२४ भित्रमा माङहिम उद्घाटन गर्ने तयारीमा रहेको जनाएका छन् । निर्माण समितिका सचिव राइले भने,’सरलपाडा गाउँमा सन २०१७ मा माङहिम निर्माण गर्ने छलफल भएपछि माङसेबुङ स्थित गुरुनिजि आश्रममा गुरु भेटदर्शनको लागि माङहिम […]
पान्थर । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको पान्थरको खलङगाटारमा देवसवार हुने भएको छ । किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको पुर्णकदको प्रतिमा अनावरणको लागि याङनामको खलङगाटारमा धर्मगुरु र गुरुआमाज्युहरुको देवसवार हुने भएको हो । आगामी माघ १६ गते महागुरुको […]
इलाम। देउमाई नगरपालिका–१ चमैतामा सुम्निामा र पारुहाङको प्रतिमा अनावरण गरिएको छ । किरात राई समुदायको आराध्य पितृदेव सुम्निमा पारूहाङको प्रतिमा सुप्तुलुङ खिमको परिसरमा निर्माण गरिएको हो । प्रतिमा अनावरण देउमाई नगरपालिकाको प्रमुख सुर्यप्रसाद पोखरेल, उपप्रमुख पविमाया राई, किरात राई यायोक्खा इलाम जिल्ला कार्यसमिति अध्यक्ष पुष्पा राई र किरात राई यायोक्खा देउमाई नगर कार्यसमिति अध्यक्ष धनबहादुर […]