माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द कप २०८१’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता मंसिर ९ देखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८१ को अवसरमा मंसिर ९ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक आत्मा पवित्र हक्चात […]

युके । किरात धर्म दर्शनदाता, महान समाज सुधारक विश्व शान्तिका उदघोषक, राष्ट्रिय बिभूति महिङगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेनज्युको १४० औं जन्मजयन्ती कार्यक्रम आगामी १० नोम्भेवर २०२४ आईतबारका दिन बेलायतको रग्बी वारविक्शायरमा भब्य सम्पन्न हुन भएको छ । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा हुन गईरहेको उक्त १४० औं महागुरु फाल्गुनन्द लिङदेनज्युको […]

झापा। किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्यसमिति झापा र किरात खिजोत्लुङ माङहिम माइधारको संयुक्त आयोजनामा एकदिने योग साधना सम्पन्न भएको छ । शनिबार झापाको माईधारस्थित खिजोत्लुङ माङहिमको सभाहलमा आयोजित योग अभ्यास सम्पन्न गरिएको हो । योग अभ्यासको लागि प्रशिक्षकहरुमा हरि हुक्पाचोङबाङ र दुर्गा नेम्वाङ रहनु भएको थियो । योग अभ्यास पहिलो चरणको रहेको […]

विश्व शान्ती तथा मानव एकता र चराचर सृष्टि रक्षार्थ बर्सेनि  आयोजना  हुँदै आएको उपत्यकाव्यापी उधौली सेवा, साक्मुरा वादेम्मा (गालिश्राप बहन्ती) सेवा सम्पन्न भएको छ। काठमाडौको पशुपति गुह्येश्वरी किनारमा गत कार्तिक ६ गते मंगलबारको दिन बिहान ७ बजेदेखि सुरु भएको उधौली सेवामा साक्मुरा वादेम्मा, कुदाप कुई देवी देउराली युमामाङ,हिममाङ,थेबामाङ, सुम्निसा, नौग्रह,अष्टयोगीनी, निस्सेसेक्खामाङ,हाङ्साम थेबा लगायतको आराधना गरिएको […]

दार्जिलिङ । भारतस्थित किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समितिको आयोजनामा दार्जिलिङ र  सिक्किममा रहेका किरात धर्मावलम्बीहरुको संयुक्त आयोजनामा येत्नामधुङ लाधुङसेमी साथै माङहुप वादेम्मा सेवा गरिएको छ । सेवा आइतबार २०२४ अक्टोबर २१ तारिखका दिन दार्जिलिङको सिङला बजार बडा  छोडा रङगितको दोभानमा माङहुप वादेम्मा गालीश्राप बहन्ती सेवा गरिएको हो । सेवामा नेपालबाट साङदाङगेन वरुमसाबा […]

  वि.सं. १९४२ कात्तिक २५ गते आइतबार राति पूर्वी नेपालको इलाम जिल्लाको इभाङ गाविस चुक्चिनाम्बा गाउँमा एक बालकको जन्म भयो बुबा जगुनबाज र आमा हंसमति बेघा लिम्बुको कोखबाट साइँला छोराको रुपमा सामान्य किसान परिवारमा जन्मिएका सो बालक गर्भमारहँदा आमाले मदमंस खाए अस्वस्थ हुने, सपना बिग्रिनेजस्ता लक्षणहरु हुँदै आए पनि त्यसतर्फ कुनै ध्यान दिइएको थिएन। बालक […]

काठमाडौं । घरेलु टोली नेपालले साफ महिला च्याम्पियन २०२४ मा माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्सविरूद्ध ११–० को सानदार जित हासिल गरेको हो । साफमा मालदिभ्समाथि नेपालको यो अहिलेसम्मकै फराकिलो जित हो । नेपालको जितमा रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् । यस्तै, […]

माङसेबुङ । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका ४ माबु हाङमादेनमा निर्माण सम्पन्न किरात माङहिम उद्धघाटन र महागुरु फाल्गुनन्द लिङ्देनको पूर्णकदको प्रतिमा अनावरण आगामी कातिक २५ गते हुदैछ । किरात धर्म दर्शनदाता , महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन ज्युको १४० औँ जन्मजयन्तीको अवसरमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ […]

माङसेबुङ । इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ स्थित माबुको हाङमादेनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसवार हुने भएको छ । महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाउने क्रममा यस वर्ष इलामको सन्दकपुर गाउँपालिकाको वडा नं. ४ माबुमा केन्द्रीय कार्यक्रमको रुपमा आयोजना गरिएको हो । आगामी कातिक २५ […]

माङसेबुङ । हङकङ निवासी लेखक, साहित्यकार तथा समाजसेवी नरजित राईले माङसेबुङ ५ स्थित श्री सरस्वती माविको पुस्ताकालयलाई दुई दर्जनबढि पुस्तकहरु प्रदान गर्नुभएको छ । आइतबार सो पुस्तकहरु नीलम लिम्बुमार्फत विधालयलाई प्रदान गरिएको थियो । विद्यालयलाई नेपाली, अंग्रेजी शब्दकोष, लेखक राईद्धारा लिखित पुस्तकहरु र अन्य दुई दर्जनबढी पुस्तक प्राप्त भएसगै पुस्तकहरुले  विद्यालयको पुस्तकालयलाई थप समृद्ध बन्न […]