झापा। किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्यसमिति झापा र किरात खिजोत्लुङ माङहिम माइधारको संयुक्त आयोजनामा एकदिने योग साधना सम्पन्न भएको छ । शनिबार झापाको माईधारस्थित खिजोत्लुङ माङहिमको सभाहलमा आयोजित योग अभ्यास सम्पन्न गरिएको हो ।
योग अभ्यासको लागि प्रशिक्षकहरुमा हरि हुक्पाचोङबाङ र दुर्गा नेम्वाङ रहनु भएको थियो । योग अभ्यास पहिलो चरणको रहेको प्रशिक्षक चोङबाङले बताउनुभयो ।
Advertisement
यसैगरी अर्का प्रशिक्षक दुर्गा नेम्वाङले योगाभ्यासको अनुभव सुनाउदै भने आत्मिक शान्ति हुनुका साथै योग अभ्यास गराइले आफ्नो शारिरीक समस्याहरु हल भएकोले आफूले नियमित योग साधनामा भाग लिदै आएको समेत बताए ।
योग अभ्यास कार्यक्रममा ११ जनाबढी साधक साधिकाहरुकोे सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।























