युके/किरात साम्यो साक्थिगेन्न पान्जुम्भो युकेले मौलिक नाच माङलाङ केलाङ प्रस्तुत गरेको छ । गत शनिवार १३ जुलाई २०२४ को दिन किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा आयोजित सिसेक्पा तङनाम कार्यक्रममा पान्जुम्भोले मौलिक पहिचानलाई संरक्षण गर्दै माङलाङ केलाङ प्रस्तुत गरेको हो । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेमा आबद्व किरात साम्यो साक्थिम्गेन्न पान्जुम्भो युकेले […]
माङसेबुङ । गायक राजेश पायल राईको आवाजमा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनमा समर्पित किरात भक्ति गीत ‘हे महागुरु हे फाल्गुनन्द’ सार्वजनिक गरिएको छ । शा तेयुङ लिम्बूको शव्द कृष्ण चोकहाङ तेयुङ लिम्बूको संगीत तथा निरोज लामाको संगीत संयोजनमा किरात भक्ति गीत ‘हे महागुरु हे फाल्गुनन्द’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । एस.बि. लावतीको निर्देशनमा […]
माङसेबुङ । इलामको माङसेबुङमा किरात लिपि युनिकोड निर्माणको चर्चा र चुनौती विषायक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात इत्नामको तेस्रो श्रसङखला अन्तरगत शनिबार सरस्वती मावि भालुटारको हलमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा किरात लिपि युनिकोड निर्माण अभियन्ता सुनिल सेर्माले किरात लिपि युनिकोड निर्माणको चर्चा र चुनौती विषायक अवधारण पत्र प्रस्तुत गरेका […]
काठमाडौं । किरात धर्मावलम्बीहरुको माङसेवासाबा/माङसेवासामाहरुको संगठन किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो (उपत्यका समिति) को ५ औं सम्मेलन सम्पन्न भएको छ । शनिबार काठमाडौँको भङ्गालस्थित किरात याक्थुङ चुम्लुङ हिममा सम्पन्न सम्मेलनले प्रेमकुमार वनेमको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय अध्यक्ष बलराम खजुमको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा सरिता लाओती, […]
२०८० को एस इ ई परिक्षामा माङसेबुङ गाउँपालिका अन्तर्गतको बिधालयबाट परिक्षा दिनेमा जम्मा १०.९० प्रतिशत विद्यार्थी पास भएको छ । गत बुधबार माङसेबुङ गाउँपालिका गाउँकार्यापालिकाको शिक्षा शाखाले गाउँपालिका अन्तर्गतको बिधालयहरुबाट २०८० को एस इ इ परिक्षामा २ सय २० जना बिद्यार्थीले परिक्षा लेखेकोमा २४ जना परिक्षार्थी मात्रै उतिर्ण भएको नतिजा सार्वजनिक गर्दै जानकारी गराएको हो […]
किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय उपाध्यक्ष तथा मुन्धुम अध्येता, साहित्यकार हरि हुक्पाचोङबाङ लिम्बुको पत्नी चन्द्रमाया योङहाङको निधन भएको छ । उनको आज आइतबार बिहान ५:०० बजे ६४ बर्षको उमेरमा झापाको शिवसताक्षि नगरपालिका -१० माइधारस्थित निवासमा निधन भएको हो । चन्द्रमाया योङहाङ लामो समयदेखि प्यारालाइसिस रोगबाट ग्रस्त थिइन् । उनको अन्त्येष्टि भोलि सोमबार गरिने […]
काठमाडौं । नेपालले लेवनानमा हुने भनिएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नखेल्ने भएको छ । लेवनानको वर्तमान सुरक्षा व्यवसथ्लाई मध्यनजर गर्दै नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिएको अखेल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार विज्ञप्तीमार्फत जानकारी दिएको छ । यही जुलाई ८ देखि १८ सम्म लेवानानमा चार देशिय प्रतियोगिता हुने तालिका थियो । तर सुरक्षाकै कारण देखाउँदै बंगलादेशले […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयले सो निर्णय गरेको हो । दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिएका […]
माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा मातृभाषा प्रवद्र्धन कार्यक्रम अन्तर्गत दुई जना कर्मचारी नियुक्त गर्ने भएको छ । आ.व. २०८१/८२ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष हेमन्त राईले लिम्बू भाषा र राई बान्तावा भाषाका गरी दुई जना मातृभाषी कर्मचारी नियुक्त गर्ने बताएका हुन् । माङसेबुङ गाउँपालिकाले यी दुई भाषालाई पालिकाको कामकाजी भाषाका […]
इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । सोमबार गाउँपालिका गाउँसभाको १५औं अधिवेशनले बजेट पारित गरेको हाे । गाउँसभाले आ.व. ०८१/०८२ का बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक तथा उपाध्यक्ष बिनोदकुमार नेम्बाङले प्रस्तुत गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पारित भएकाे […]