माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको साझा छाता संगठन किरात साम्यो नालिफुङ्वा पान्जुम्भोको २५ औ स्थापना दिवस रजत बर्ष तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सोमबार किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र धार्मिक स्थल माङसेबुङमा -५ स्थित सामुदायिक भवनमा पान्जुम्भोले नालिफुङ्वा जुझारु पुरस्कार २०८२ वितरण तथा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गरि रजत बर्ष मनाएको हो ।
Advertisement
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथी माङगेन्ना सेवा समितिका पूर्व सचिव तथा किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोका संस्थापक अध्यक्ष नन्दकुमार नेम्वाङ र पूर्व अध्यक्ष विक्रम वनेम फागो रहनुभएको थियो ।
कार्यक्रमको अतिथिहरुमा किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समिति केन्द्रीय सदस्य सुमन लाओती, किरात साम्यो हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङ, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भो कोषाध्यक्ष प्रकाश साउदेन,किरात इङ्भो पान्जुम्भो सचिव तथा सञ्चारकर्मी ज्ञानु केदेम, दुर्गा मावि खलङ्गेका शिक्षक जलन आङबुहाङ रहनुभएको थियो ।
यसैगरी स्थापना दिवसमा नालिफुङ्वामा रहेर महत्वपूर्ण योगदान गर्ने दुई जनालाई नालिफुङ्वा जुझारु पुरस्कार २०८२ प्रदान गरिएको छ । पुरस्कृत हुनेमा पुरुषतर्फ किरात साम्यो नालीफुङवा माङसेबुङ पान्जुम्भो सहसचिव तान्छोहाङ केरुङ र महिलातर्फबाट थुम पान्जुम्भो सदस्य आश्ना याम्फु रहेका छन् । उनीहरुलाई जनही नगद १ हजार ५ सय २५ सहित सम्मानपत्र प्रदान गरेका थिए ।
स्थापना दिवसको अवसरमा विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरीएको थियो । हाजिरी जवाफ प्रतियोगितामा जीवनज्योती मावि माङसेबुङ -३ चतुरे, सरस्वती मावि माङसेबुङ -५ भालुटार, दुर्गा मावि माङसेबुङ -३ खलङ्गे र फाल्गुनन्द बोर्डिङ स्कुल माङसेबुङ -५ लासीङ्बुङ गरि चार वटा विधालयहरुले सहभागिता रहेको थियो ।
प्रतियोगितामा फाल्गुनन्न्द बोर्डिङ स्कूलले प्रथम स्थान, जीवनज्योती बिधालयले द्वितिय स्थान र सरस्वती माध्यमिकले तृतीय स्थान र सान्त्वना दुर्गा माध्यमिक बिधालयले हासिल गरेका थिए भने प्रतियोगितामा सहभागी विजेताहरुलाई ट्रफी र मेडलसहित प्रमाणपत्र प्रदान गरीयो ।
यसैगरी कार्यक्रममा किरात साम्यो हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङ, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका निवर्तमान अध्यक्ष तथा किरात इङ्भो पान्जुम्भो सचिव ज्ञानु केदेम, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश साउदेन , शिक्षक जलन आङबुहाङ लगायतले शुभकामना मन्तव्य राखेको थियो ।
किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथीमान खालिङको अध्यक्षतामा सम्पन्न स्थापना दिवसमा उपाध्यक्ष शंकर केरुङ (रोटी)ले स्वागत मन्तव्य राख्नु भएको थियो भने, बाइसकुमार राईले कार्यक्रम सञ्चालन गरेका थिए ।



































