माङसेबुङ । किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको रजत स्थापना दिवस तथा अन्तर विधालय हाजिरीजवाफ प्रतियोगिता इलामको माङसेबुङ -५ स्थित आयोजना गरिने भएको छ ।
यस वर्ष नालीफुङ्वा पान्जुम्भो २५ बर्ष पूरा गरि २६ बर्ष प्रवेश गरेको अवसरमा रजत स्थापना दिवस तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गरि मनाइने भएको हो ।
Advertisement
हरेक वर्ष साउन १९ गतेका दिन पान्जुम्भोले स्थापना दिवसको अवसरमा दिँदै आएको नालीफुङ्वा जुझारु पुरस्कार यस वर्ष पनि पान्जुम्भोमा पुर्याएको योगदानको मुल्यांकन गरि पुरस्कृत एवम् सम्मानित गर्न लागिएको छ ।
नालीफुङ्वा जुझारु पुरस्कार २०८२ बाट पुरुषतर्फ माङसेबुङ -५ केरुङ टोल निवासी किरात साम्यो नालीफुङ्वा माङसेबुङ पान्जुम्भो सहसचिव तान्छोहाङ केरुङ र महिलातर्फ कमल गाउँपालिका-५ निवासी किरात साम्यो नालीफुङ्वा थुम पान्जुम्भो झापा जिल्ला सदस्य आश्ना याम्फुलाई पुरस्कृत गरिँदैछ ।
त्यस्तै गएको बर्ष किरात साम्यो नालीफुङ्वा थुम पान्जुम्भो झापाका अध्यक्ष डील्ली इङ्नाम र किरात साम्यो नालीफुङ्वा पान्जुम्भो मोरङ जिल्ला सचिव लक्ष्मी चबेगुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।
वि.स. ०५८ सालमा स्थापित किरात साम्यो नालीफुङ्वा पान्जुम्भो किरात धर्मावलम्बीहरुको युवाहरुको संगठन हो ।





















