ताप्लेजुङ । मुक्कुम्लुङ संरक्षणका लागि केबलकार निर्माण खारेजीको माग गर्दै ताप्लेजुङको फुङलिङमा जनप्रदर्शन हुने भएको छ । भोलि माघ १५ गते मुक्कुमलुङ फासिङ ताङ्सेप चुम्भो सहित मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति लगायत विभिन्न संघ संस्थाहरूको आयोजनामा शान्तिपूर्ण विरोध जन प्रदर्शन हुने भएको केबलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले जानकारी दिनुभयो । भोलि […]

याङनाम – फिदिम नगरपालिका वडा नम्बर १० अवस्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थान याङनाम खलंगाटार रहेको छ । पाँचथर सदरमुकाम फिदिम ( फेदेन )  नगरपालिकादेखि पूर्व उत्तर क्षेत्रमा रहेको सुन्दर ठाउँ याङनाम खलंगाटारमा ९५ प्रतिशत भन्दा बढि लिम्बू समुदायको बसोबास रहेको यस थलोको ऐतिहासिक धार्मिक र प्रसाशनिक महत्त्व रहेको छ । स्थानीय डीबी हाङसरुम्बा लिम्बुले भने, ‘युमाले […]

पान्थर । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको चेला  महर्षी  डिल्लीप्रसाद तुम्बापो (जौबारी कान्छा) को जन्मजयन्ती मनाइएको छ । डिल्लिप्रसाद तुम्बापो (जौबारी कान्छा) अध्ययन प्रतिष्ठानको आयोजनामा शनिबार पान्थरको फेदेन नगरपालिका ५ स्थित लोब्रेकुटीमा जौबारी कान्छाको ८८ औ जन्मजयन्ती मनाइएको हो । लिम्बु सांस्कृतिक परिषदका अध्यक्ष सागर केरुङ लिम्बूको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम […]

किरात आवाज । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवा हाङवा वितरण महान सेवा समारोह समुद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका-५ स्थित माङसे्बुङमा माघ ६ गतेसम्म हुने खिबेक्वा याक्वा सेवा समारोह कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनज्युहरुको देव समुपस्थितिमा प्रमुख […]

माङसेबुङ ।  किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको आयोजनामा पान्जुम्भोमा आबद्ध समिति र कलाकारहरुसँग भेटघाट तथा छलफल कार्यक्रम गत शनिबार सम्पन्न भएको छ । कार्यक्रममा पान्जुम्भोको पितृसंस्था किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले पान्जुम्भोलाई निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । आफ्ना भनाई राख्ने क्रममा गुरु निजी सचिव टंक लिङदेन, पान्जुम्भोका पूर्व अध्यक्ष रामबहादुर थुलुङ, […]

पान्थर ।  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको पान्थरको खलङगाटारमा देवसवार हुने भएको छ । किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको पुर्णकदको प्रतिमा अनावरणको लागि याङनामको खलङगाटारमा धर्मगुरु र गुरुआमाज्युहरुको देवसवार हुने भएको हो  । आगामी माघ १६ गते महागुरुको […]

इलाम।  देउमाई नगरपालिका–१ चमैतामा  सुम्निामा र पारुहाङको प्रतिमा अनावरण गरिएको छ ।  किरात राई समुदायको आराध्य पितृदेव सुम्निमा पारूहाङको प्रतिमा  सुप्तुलुङ खिमको परिसरमा निर्माण  गरिएको हो । प्रतिमा अनावरण देउमाई नगरपालिकाको प्रमुख सुर्यप्रसाद पोखरेल, उपप्रमुख पविमाया राई, किरात राई यायोक्खा इलाम जिल्ला कार्यसमिति अध्यक्ष पुष्पा राई र किरात राई यायोक्खा देउमाई नगर कार्यसमिति अध्यक्ष धनबहादुर […]

पाँचथर।  पूर्वमन्त्री स्व.पदमसुन्दर लाओतीको शालिक अनावरण गरिएको छ। सदरमुकाम फिदिम १ र ४ को संगमस्थल अस्पतालमोडमा निर्मित पूर्वमन्त्री लाओतीको शालिकलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार अनावरण गरेका थिए। शालिक अनावरण गर्दै प्रदेश प्रमुख खापुङले पाँचथर जिल्लाको बिकासको लागि ठूलो योगदान गरेर गएका स्वर्गिय लाओतीले देखाएको बाटोलाई पाँचथरेहरुले पछ्याउनुपर्ने बिचार राखेका थिए। गृह सहित विभिन्न मन्त्रालय […]

माङसेबुङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) ले इलाम क्षेत्र नं २ मा आगामी हुने उपनिर्वाचनमा पहिचानवादीले साझा उम्मेदवारी उठाउने जनाएका छन् । शनिबार प्रदेश न १ पुनः नामाङकन संयुक्त संघर्ष समिति महमाइको आयोजनामा माई नगरपालिकाको बिहिवारे बजारमा सम्पन्न प्रदेशको नाम कोशी खारेजी पहिचानवादी जनसभालाई सम्बोधन गर्ने क्रममा लिङ्देनले इलाम २ मा […]

माङसेबुङ ।  माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई कामकाजी भाषा  कार्यन्वयनको लागि अघि बढाइने माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रीहाङ राईले  बताएका छन् । उनले गाउँसभाले पास गरिसकेको हुनाले कार्यन्वयन गराउने दिशातर्फ अगाडि बढाएको बताए । इलामको माङ्सेबुङ  ५ स्थित किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिनकोे अवसरमा आयोजित बार्षिक उत्सव कार्यक्रममा मन्तव्य राख्ने क्रममा […]