१४ औं संस्करण पवित्रहाङमा कपको तयारी पूरा

माङसेबुङ । भोलि बुधबारदेखि प्रारम्भ हुने १४ औं पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।

माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा सञ्चालन हुने १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको तयारी पुरा भएको हो ।

Advertisement

 

अपरान्ह २ बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा माङ्सेबुङ गाउँपालिका इलाम र नवदिप युवा क्लब मिक्लाजुङ मोरङबिच प्रतिस्पर्धा हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा महिला टिमको सहभागिता रहनेछ । सो प्रतियोगिता प्रदेश १ मा आयोजना हुँदै आएको महिला खेलकुद प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको छ ।

 

प्रतियोगितामा माङ्सेबुङ गाउँपालिका इलाम, कन्काई नगरपालिका झापा, वि.वाई.सी भूटान, दीपेन्द्र शिखर फुटबल क्लब इलाम, नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, जनसहयोग युवा मोरङ, नवदिप युवा क्लब मिक्लाजुङ मोरङ, र एमएफसी दार्जिलिङ भारतको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ र उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । खेलको फाइनल फागुन २ गते सम्पन्न हुनेछ ।

माङसेबुङमा २०६७ देखि हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्मोत्सवमा यहीँ समयमा पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु