इलामको माङसेबुङ ५ प्रस्तावित आत्मानन्द रंगशालामा गत माघ २३ गतेदेखि जारि मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा ६८औं जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा कप २०८० सफल पार्न अमूल्य आर्थिक सहयोग गर्नुहुने स्वदेश विदेशका सहयोगी सम्पूर्ण महानुभवहरुमा नामावली यस प्रकार छ । सहयोगदाताहरुको नामावली १ बृखराज तुम्बापो, श्रीमती थेबे बेदुकुमारी तुम्बापो छोरा बुहारी : अम्बिका तुम्बापो÷गंगा तुम्बापो कञ्चन तुम्बापो÷आङदेम्बे […]
युकेको मिडलेन्ड अवस्थित बसोबास गर्ने किरात धर्मावलम्बीले सामुहिक माङगेन्ना सेवा गरेका छन् । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा ३ फेब्रुअरी शनिबारका दिन मिडलेन्ड छेत्रमा बसोबास गर्ने किरात धर्मावलम्बीले सामुहिक माङगेन्ना सेवा गरेको हो । सामुहिक माङ्गेन्ना सेवामा किरात धर्म तथा साहित्य उत्थान सङ्घ रास्टृय समिति बेलायतका अध्यक्ष तथा साङ्दाङ्गेन वरुमसावा […]
माङसेबुङ । पान्थरको फिदिम नगरपालिका–१० याङनामको खलङ्गाटारमा किरात धर्मदर्शन दाता, महान समाज सुधारक,राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ । खलङ्गाटारमा निर्माण गरिएको फाल्गुनन्द पार्कभित्र निर्माण गरिएको महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिकको मङ्गलबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ र मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको हस्तबाहुलिबाट फाल्गुनन्दको प्रतिमा अनावरण गर्नुभएको थियो […]
याङनाम । फिदिम नगरपालिका १० याङनाम अवस्थित वधिनलुङमा साक्मुरा वादेम्मा सेवा आइतबार सम्पन्न भएको छ । महागुरु फाल्गुनन्द लिङ्देनले फक्ताङलुङ हिमाल यात्राको क्रममा बि.स. १९९० सालमा वधिनलुङमा सेवा अर्चना गर्नुभएको थियोे । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द मुन्धुमी पर्यटन सेवा समारोह आयोजकको कार्यक्रम अनुसार पहिलो दिन आइतबार साक्मुरा वादेम्मा ( गालीश्राप बहन्ति ) सेवा सम्पन्न भएको […]
याङनाम – फिदिम नगरपालिका वडा नम्बर १० अवस्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थान याङनाम खलंगाटार रहेको छ । पाँचथर सदरमुकाम फिदिम ( फेदेन ) नगरपालिकादेखि पूर्व उत्तर क्षेत्रमा रहेको सुन्दर ठाउँ याङनाम खलंगाटारमा ९५ प्रतिशत भन्दा बढि लिम्बू समुदायको बसोबास रहेको यस थलोको ऐतिहासिक धार्मिक र प्रसाशनिक महत्त्व रहेको छ । स्थानीय डीबी हाङसरुम्बा लिम्बुले भने, ‘युमाले […]
पान्थर । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको चेला महर्षी डिल्लीप्रसाद तुम्बापो (जौबारी कान्छा) को जन्मजयन्ती मनाइएको छ । डिल्लिप्रसाद तुम्बापो (जौबारी कान्छा) अध्ययन प्रतिष्ठानको आयोजनामा शनिबार पान्थरको फेदेन नगरपालिका ५ स्थित लोब्रेकुटीमा जौबारी कान्छाको ८८ औ जन्मजयन्ती मनाइएको हो । लिम्बु सांस्कृतिक परिषदका अध्यक्ष सागर केरुङ लिम्बूको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम […]
पान्थर । फिदिम नगरपालिका वडा नम्बर १० याङनाम, खलंगाटार अवस्थित किरात धर्म दर्शनदाता समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको पूर्णकदको प्रतिमा निर्माण गरिएको छ । आगामी माघ १६ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ र मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्युहरुको माङ सवारीमा महागुरु फाल्गुनन्द प्रतिमा अनावरण, माङहिम उद्घाटन गरिने कार्यक्रम रहेको छ […]
युके । किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेको आयोजनामा किरातीहरुको महान पर्व कक्फेवा तङनामको अवसरमा २० जनवरी २०२४ का दिन साक्थिम्गेन्न पान्जुम्भो युकेले कलाकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । किरातहरुको महान चाड कक्फेवा तङनाम पर्वको अवसर पारेर किरात साम्यो साक्थिम्गेन पान्जुम्भो परिवारहरुको भेटघाट कार्यक्रम आयोजना गरिएको हो । सगरमाथा गोर्खा नेपालीज कम्युनिटी हलमा भएको कार्यक्रममा […]
किरात आवाज । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवा हाङवा वितरण महान सेवा समारोह समुद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका-५ स्थित माङसे्बुङमा माघ ६ गतेसम्म हुने खिबेक्वा याक्वा सेवा समारोह कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनज्युहरुको देव समुपस्थितिमा प्रमुख […]
किरात आवाज । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७० औ जन्मोत्सव मंसिर १८ गते स्थानीय सार्वजनिक विदा दिएकोमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकालाई सम्मान गरेको छ । शुक्रबार खिबेक्वा याक्वा सेवाको अवसरमा किरात धर्मगुरु ७० औ जन्मोत्सव समारोह समितिले मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलिबाट माई […]













