याङनामको खलंगाटारमा फाल्गुनन्दको प्रतिमा अनावरण , ४६ घर किरात धर्ममा भए साङदाङगेन वरुम

माङसेबुङ । पान्थरको फिदिम नगरपालिका–१० याङनामको खलङ्गाटारमा किरात धर्मदर्शन दाता, महान समाज सुधारक,राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ ।
खलङ्गाटारमा निर्माण गरिएको फाल्गुनन्द पार्कभित्र निर्माण गरिएको महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिकको मङ्गलबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ र मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको हस्तबाहुलिबाट फाल्गुनन्दको प्रतिमा अनावरण गर्नुभएको थियो ।

महागुरु फाल्गुनन्द लिङ्देन फक्ताङलुङ हिमाल यात्रामा किरात  (याक्थुङ) समुदायमा चेतना फैलाउँदै हिँड्ने क्रममा उक्त स्थानमा होमादि लगाउनु भएको थियो । महागुरु फाल्गुनन्दले पाइला टेकेको उक्त स्थानमा उहाँको शालिक स्थापना गरी उहाँले देखाउनुभएको शान्ति, अहिंसा र एकताको मार्गमा लाग्न आम समुदायलाई उत्प्रेरित गराउने उद्देश्यसहित शालिक निर्माण गरिएको आयोजकको भनाई छ ।

शालिक अनावरणपछि गुरु आत्मानन्द लिङ्देन सेइङले करीव आधा घण्टा धार्मिक प्रवचन दिनुभएको थियो । उहाँले प्रवचनका क्रममा लिम्बुवान क्षेत्रमा सबै जातजाति मिलेर बसेको, महागुरु फाल्गुनन्दले देखाउनुभएको शान्ति, अहिंसा र चराचर जगतको कल्याणमा सबै लाग्नुपर्ने, फाल्गुनन्दले सत्यधर्म मुचुल्कामा उल्लेख गर्नु भएअनुसारको परम्परा बसाल्नुपर्नेमा जोड दिनुभयो ।

Advertisement

धर्मगुरु आत्मानन्द लिङ्देन ज्यूले याक्थुङ लिम्बू समुदायमा अझैपनि ज्ञान र चेतना फैलाउनुपर्ने आवश्यकता रहेको, भाषा, लिपि, संस्कृतिको संरक्षण तथा सम्वर्द्धनमा समुदाय एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको वताउनुभयो । उहाँले मद्यपान, लागू औषध सेवनजस्ता कार्यबाट टाढा रहन अपील पनि गर्नुभयो ।

शालिक अनावरण, मुन्धुमी पर्यटन तथा लाधुङसेमी सेवाका लागि जिल्लाका विभिन्न स्थानहरु सहित छिमेकी जिल्लाहरु इलाम, ताप्लेजुङ, तेह्रथुम लगायतबाट समेत भक्तजनहरु खलङ्गाटार पुगेका थिए । गुरुको प्रवचनपश्चात आयोजित कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले सहित राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

याङनाममा ४६ घर परिवार किरात धर्ममा दिक्षित पान्थरको याङ्नाम खलंगाटारमा किरात धर्ममा ४६ घर साङदाङगेन वरुम भएका छन् । खलंगाटारस्थित माघ १५ र १६ गते साङदाङगेन वरुमसाबा ( शब्दिगुरु ) बलराम खजुम लिम्बूले साङदाङगेन वरुमथामा गर्नुभएको थियोे ।

किरात धर्ममा साङदाङगेन वरुम भएको नामावली : 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु