माङ्सेबुङ । इलामको माङसेबुङ ५ स्थित रहेको माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋण भुक्तानीलाई सम्मानित गरेको छ। संस्थाको १८ औ वार्षिक साधारणसभाको अवसरमा शनिबार माङसेबुङ ५ अवस्थित सामुदायिक भवनमा भएको बार्षिक साधरणसभा कार्यक्रममा उत्कृष्ट बचतकर्ता आइतराज थोक्लिहाङ  र उत्कृष्ट ऋण भुक्तानीमा कविता राई लाई सम्मान गरेको हो। सहकारीमा बचत गरी […]

माङसेबुङ । इलामको माई नगरपालिकाले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ शुभजन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । माई नगरपालिकाका अध्यक्ष खम्बासिंह योङहाङले जारी गरेको सूचना अनुसार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा मंसिर १८ गते सोमबारका दिन स्थानीय विदा घोषणा गरिएको हो । गाउँपालिकाभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी […]

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ शुभजन्मोत्सवमा सार्वजनिक विदा दिने भएको छ । माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जारी गरेको सूचना अनुसार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा मंसिर १८ गते सोमबारका दिन स्थानीय विदा घोषणा गरिएको हो । गाउँपालिकाभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी […]

माङसेबुङ । इलामको माङसेबुङमा आत्मानन्द कप भलिबल प्रतियोगिता सुरु भएको छ । आत्मानन्द खेल मैदानमा बिहिवारबाट भलिबल प्रतियोगिता सुरु भएको हो । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्स तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोह अवसरमा आयोजित खेलकुद कार्यक्रम अन्तरगत पहिलोपटक आत्मानन्द कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको […]

माङसेबुङ ।  माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई कामकाजी भाषा  कार्यन्वयनको लागि अघि बढाइने माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रीहाङ राईले  बताएका छन् । उनले गाउँसभाले पास गरिसकेको हुनाले कार्यन्वयन गराउने दिशातर्फ अगाडि बढाएको बताए । इलामको माङ्सेबुङ  ५ स्थित किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिनकोे अवसरमा आयोजित बार्षिक उत्सव कार्यक्रममा मन्तव्य राख्ने क्रममा […]

माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजजिक गरिएको छ । बुधबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आत्मा पवित्र हक्चात यक्चुमद्धारा आयोजित पत्रकार सम्मेलनमा खेल सार्वजनिक गरिएको हो । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा  यस बर्षदेखि भलिबल प्रतियोगिताको समेत आयोजना […]

माङसेबुङ । इलामको माङ्सेबुङ  ५ स्थित किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिनकोे  बार्षिक उत्सव मनाइने भएको छ । माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा गुरुनिजि आश्रम लारुम्बामा आज बुधबार पाँचौ वर्ष पूरा भएर छैटौं वर्षमा प्रवेश गरेको दिन विविध कार्यक्रमबिच  बार्षिक उत्सव मनाइने भएको हो । किरात धर्मगुरु महिङगुम अङ्सीमाङ […]

माङसेबुङ । आत्मानन्द कपको फाईनलमा माङसेबुङ गाउँपालिका प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज (मंगलबार) भएको पहिलो सेमिफाईनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङलाई २–१ को गोल अन्तरले पराजित गर्दै माङसेबुङ फाईनलमा प्रवेश गरेको हो । खेलको ३२ औं मिनेटमा माङसेबुङका गौरव धिमालले गोल गर्दै सुरुवाती अग्रता दिलाए । […]

माङसेबुङ ।  एमएफसी दार्जिलिङ आत्मानन्द कप  फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आज(सोमबार) भएको खेलमा गोलबजार स्पोर्टिङ क्लब सिराहालाई ३–१ गोल अन्तरले हराउँदै दार्जिलिङ भारत सेमिफाईनलमा प्रवेश गरेको हो । दार्जिलिङ भारतको जितमा सुजल मुण्डाले दूई तथा श्याम मुर्मुले एक गोल गरे ।  गोलबजार सिराहाका लागि मनिष मगरले एक […]

माङसेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा आज आइतबार हुने खेलमा छथर तेह्रथुम र मोरङबीच प्रतिस्पर्धा हुँदैछ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा छथर गाउँपालिका, तेह्रथुम र सिरिजङ्गा स्पोर्टिङ क्लब,मोरङबीच अपरान्ह २ :३० बजेदेखि खेल शुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका सचीव सरिता लोहोरुङ राईले बताइन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन […]