माङसेबुङ । इलामको माङ्सेबुङ ५ स्थित किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिनकोे बार्षिक उत्सव मनाइने भएको छ ।
माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा गुरुनिजि आश्रम लारुम्बामा आज बुधबार पाँचौ वर्ष पूरा भएर छैटौं वर्षमा प्रवेश गरेको दिन विविध कार्यक्रमबिच बार्षिक उत्सव मनाइने भएको हो ।
Advertisement
किरात धर्मगुरु महिङगुम अङ्सीमाङ लिङदेन आत्मानन्द सेईड तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको देवसमुपस्थितिमा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राइको प्रमुख आतिथ्यमा बार्षिक उत्सव भव्य रूपमा मनाइने माङ्सेबुङ ५ का दोभासे कर्मचारी सुनिल सेर्मा लिम्बूले जानकारी दिए ।
किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरेको ऐतिहासिक मंसिर १३ गतेका दिन प्रत्येक बर्ष हर्षोउल्लासका साथ वार्षिक उत्सवको रुपमा मनाउदै आएको दोभासे कर्मचारी लिम्बूले बताए ।
माङसेबुङ ५ नम्बर वडाको १५ वटै टोलहरुमा साँझ दिप प्रज्वलन गरिने कार्यक्रम समेत रहेको पनि आयोजक समितिले जनाएको छ ।