माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको साझा छाता संगठन किरात साम्यो नालिफुङ्वा पान्जुम्भोको २४ औं स्थापना दिवस  विविध कार्यक्रमको आयोजना गरि आज शनिबार मनाइदैछ । इलामको माङसेबुङ -५ अवस्थित किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोको कार्यलयमा शुभकामना आदानप्रदान कार्यक्रमबिच नालिफुङ्वा पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पान्जुम्भोको कार्यबाहक सचीव लोकेन्द्र कार्कीले जानकारी दिए […]

ओत तागेरा निङ्वाभु माङे सेवारो । आज यस कार्यक्रममा हामी इलाम जिल्ला पान्थर जिल्लाका सबै भक्तजन लगायत बुद्धिजीवी विद्वानहरु पत्रकार बुवाआमा दिदिबहिनी हामी सबै उपस्थित भएका छौ । यो एउटा डाडा रमणीय डाडा हो । यो पबित्र थलो हो,अत्यन्तै पबित्र स्थल शान्ति भुमी हो ।  यस ठाउँमा हामी एकरात बास बस्दा मात्रै आत्मामा आनन्द आउने […]

माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक पर्व सिसेक्पा तङनामको महत्त्व विषायक अन्तरक्रिया कार्यक्रम गत शनिबार सरस्वती माबिको हलमा सम्पन्न भएको छ । किरात इत्नामको चौथो श्रसङखला किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङले सेमि बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा साहित्यकार तथा साङदाङगेन वरुमसाबा  इन्द्रहाङ आङदेम्बेले सिसेक्पा तङनामको महत्त्वबारे अवधारणा  प्रस्तुत गरेका […]

माङसेबुङ । माङसेबुङ सेवा समाज दक्षिण कोरियाको सहयोगमा माङसेबुङमा बृक्षरोपण गरिएको छ । विहिबार किरात हाङसाम माङहिम परिसरमा किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको हस्तवाहुलीबाट बृक्षरोपन कार्यक्रमको सुरुवात गरिएको थियो ।   माङसेबुङ येहाङमुक कोक्मा ताङभुला ताङसेपका अध्यक्ष इन्द्र प्रसाद आङदेम्बेको अध्यक्षतामा मयुर धुप ४ सय बोट रोपण गरिएको हो । किरात धर्मावलम्बीहरुको […]

किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा केलाङ् (याःलाङ्) प्रतिमा निर्माण हुने भएको छ । ताप्लेजुङ फुङलिङस्थित तोक्मे बजारमा पचास लाख लागतमा उक्त प्रतिमा निर्माण गरिने भएको हो । कास धातुबाट निर्माण गरिने प्रतिमा आउदो भदौ अन्तिमसम्ममा निर्माण सम्पन्न हुने गरि काम सुरु भई सकेको कियाचु इजरायकी अध्यक्ष नुमा काङ्वा बोखिमले बताइन् । उक्त याःलाङ् प्रति साढे […]

माङसेबुङ । गायक आधार तुम्बापो र गायिका मोनिका लोहोरुङको आवाजमा किरात धार्मिक जागरण गित ‘सेवारो आदाङबा आदाङमासे’ सार्वजनिक गरिएको छ । उजल ताङलुवा राईको शव्द तथा आधार तुम्बापोको संगीतमा किरात धार्मिक जागरण गित ‘सेवारो आदाङबा आदाङमासे’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । फणिन्द्र राईको संगीत संयोजन तथा युटिआर प्रडक्शनको प्रडक्शन तथा पोष्टप्रडक्शन रहेको भिडियो युटिआर […]

    सिसेक्पा तङ्नाम अर्थात साउने सक्रान्ति पर्व किराती समुदायले अनादिकालदेखि अनिकाल हटाई सहकाल र समृद्धि बोलाउने चाडको प्रतिकको रुपमा मनाउदै आएको पर्व हो । यो पर्व किरात सभ्यताको एक कालखण्डमा सुरुआत भएको हो। किरातीहरुले यस पर्वलाई कहिलेदेखि मनाउन शुरु गरे भन्ने बिषयमा कुनै यकिन तिथिमिति तोक्न सकिने अवस्था छैन ।   किरात मुन्धुम अनुसार […]

के.सि.ओ.ए (किरात कम्युनिटी अर्गनैजेशन अफ अमेरिका) संयुक्त राज्य अमेरिकाको विभिन्न राज्यहरुमा वसोवास गर्ने किरात धर्मावलम्बीहरूको ३६ (छत्तीस) किरात धार्मिक संगठनको एक मात्र छाता संगठन हो । यस संगठनले मुहिङ्गुम अङसीमाङ लिङ्देन महागुरु फाल्गुनन्द साथै वर्तमान किरात धर्मगुरु मुहिङ्गुम अङसीमाङ लिङ्देन आत्मनन्द “सेईङ” तथा गुरू माता साँवा पवित्र हाङमा लिङ्देन ज्यूहरूको माङसिवाखाहुन र वाणीहरूलाई आत्मासाथ गर्दै […]

माङसेबुङ । किरात धार्मिक सहिद नरध्वोज लाओती स्मृति यु—१४ पुरुष फुटबल प्रतियोगिताको उपाधि फाल्गुनन्द सदनले चुमेको छ । आत्मा—पवित्र हक्चात यक्चुमको आयोजनामा मंगलबार इलामको माङसेबुङ ५, मा अवस्थित आत्मानन्द खेल मैदानमा भएको फाईनल खेलमा सिरिजंगा सदनलाई २—० गोल अन्तरले पराजित गर्दै फाल्गुनन्द सदनले उपाधि चुमेको हो । उपाधि चुमेसँगै फाल्गुनन्दले नगद ५ हजारको साथमा ट्रफी, […]

माङसेबुङ  – किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाएका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको छ । पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किरात समुदायले सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम […]