२०८० को एस इ ई परिक्षामा माङसेबुङ गाउँपालिका अन्तर्गतको  बिधालयबाट परिक्षा दिनेमा जम्मा १०.९० प्रतिशत विद्यार्थी पास भएको छ । गत बुधबार माङसेबुङ गाउँपालिका गाउँकार्यापालिकाको शिक्षा शाखाले गाउँपालिका अन्तर्गतको बिधालयहरुबाट २०८० को एस इ इ परिक्षामा २ सय २० जना बिद्यार्थीले परिक्षा लेखेकोमा २४ जना परिक्षार्थी मात्रै उतिर्ण भएको नतिजा  सार्वजनिक गर्दै  जानकारी गराएको हो […]

किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय उपाध्यक्ष तथा मुन्धुम अध्येता, साहित्यकार हरि हुक्पाचोङबाङ लिम्बुको पत्नी  चन्द्रमाया योङहाङको निधन भएको छ । उनको आज आइतबार बिहान ५:०० बजे ६४ बर्षको उमेरमा झापाको शिवसताक्षि नगरपालिका -१० माइधारस्थित निवासमा निधन भएको हो । चन्द्रमाया योङहाङ लामो समयदेखि प्यारालाइसिस रोगबाट ग्रस्त थिइन् । उनको अन्त्येष्टि भोलि सोमबार गरिने […]

काठमाडौं । नेपालले लेवनानमा हुने भनिएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नखेल्ने भएको छ । लेवनानको वर्तमान सुरक्षा व्यवसथ्लाई मध्यनजर गर्दै नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिएको अखेल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार विज्ञप्तीमार्फत जानकारी दिएको छ । यही जुलाई ८ देखि १८ सम्म लेवानानमा चार देशिय प्रतियोगिता हुने तालिका थियो । तर सुरक्षाकै कारण देखाउँदै बंगलादेशले […]

एसईई परीक्षामा दुई विषयमा फेल (नन् ग्रेडेड) भएका विद्यार्थीका लागि आउँदो साउन १८ र १९ गते मौका परीक्षा तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गर्ने जनाएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ननग्रेड ल्याउनेमध्ये दुई […]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयले सो निर्णय गरेको हो । दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिएका […]

आफ्नै गाउँमा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु भएसंगै दमक, विर्तामोड जस्ता ठुला सहरमा खुलेको अस्पतालमा धाउनु नपर्ने भएको सेवाग्राही माङसेबुङ वडा-५, नाम्तोक्लाकी कविता लिम्बू बताउँछिन् । इलाम जिल्लाको माङसेबुङ गाँउपालिका वडा नम्बर – ५ भालुटारस्थित आत्मानन्द मेडिकलमा भिडियो एक्सरे ,इसिजि र ल्याब जस्ता सेवा संञ्चालनमा आएसंगै अन्यत्र अस्पताल जानेआउने खर्च र समयको समेत बचत हुने उनि […]

माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा मातृभाषा प्रवद्र्धन कार्यक्रम अन्तर्गत दुई जना कर्मचारी नियुक्त गर्ने भएको छ । आ.व. २०८१/८२ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष हेमन्त राईले लिम्बू भाषा र राई बान्तावा भाषाका गरी दुई जना मातृभाषी कर्मचारी नियुक्त गर्ने बताएका हुन् । माङसेबुङ गाउँपालिकाले यी दुई भाषालाई पालिकाको कामकाजी भाषाका […]

इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । सोमबार गाउँपालिका गाउँसभाको १५औं अधिवेशनले बजेट पारित गरेको हाे । गाउँसभाले आ.व. ०८१/०८२ का बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक तथा उपाध्यक्ष बिनोदकुमार नेम्बाङले प्रस्तुत गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पारित भएकाे […]

माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ बाट १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु गर्ने भएको छ । आईतबार गाउँपालिकामा अध्यक्ष हेमन्त राईले १५ औँ गाउँसभामा पेश गरेको आ.व. २०८१/८२ को वार्षिक नीति कार्यक्रममा अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार भएको र माङसेबुङ ३ को मनिपुरमा जग्गासमेत प्राप्त भइसेकेकोले अस्पताल निर्माण कार्य अघि बढ्ने बताएका हुन् […]

तीन दिने मोबाइल जर्नालिजम तालिम झापाको दमकमा सम्पन्न भएको छ । पत्रकार मञ्च दमकको आयोजना र माङसेबुङ गाउँपालिका वडा नम्बर २ इभाङ इलामको आर्थिक सहयोगमा शुक्रबारबाट सुरु भएको तालिम आइतबार सकिएको हो । तालिम समापन कार्यक्रममा दमक नगरपालिकाका प्रवक्ता एवम् दमक वडा नम्बर ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश),को प्रमुख आतिथ्यतामा तीन दिने मोबाइल जर्नालिजम […]