किरात साम्यो माङसेवासाबा थुम पान्जुम्भो इलामको चौथो सम्मेलनमा भुवनसिंह फागोलाई सम्मान गरिएको छ ।
इलामको माङसेबुङ ५, माङसेवासाबा मुजोत्लुङ पाम्जुम्भोको सभाहलमा शनिबार आयोजित कार्यक्रममा सेवासाबा थुम इलामको पूर्व अध्यक्ष फागोलाई ताम्रपत्र सहित सम्मान गरिएको हो ।
Advertisement
फागोले ०५५-०५९ पहिलो कार्यकाल , दोस्रो ०५९-०६४ र तेस्रो कार्यकाल ०६४-०६८ सम्म पदीय जिम्मेवारीमा रहेर किरात धर्म दर्शनको प्रचारप्रसार र विकासमा संगठनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक समितिले जनाइएको छ ।



















