राष्ट्रिय जनमुक्ति पार्टीको १२ औं राष्ट्रिय भेला रूपन्देहीमा सम्पन्न

राष्ट्रिय जनमुक्ति पार्टीको १२ औं राष्ट्रिय भेला मंगलबार रूपन्देहीमा सम्पन्न भएको छ ।

रूपन्देहीको तिलोत्तमा स्थित कबिराज भवनमा भएको राष्ट्रिय भेलाको बन्द सत्रमा पार्टीका केन्द्रीय अध्यक्ष केशव सुर्यवंशीले पार्टीको नीति तथा भावी कार्ययोजना बारे प्रतिवेदन,पार्टीका महासचिव टोप अस्लामीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको पार्टीका उपमहासचिव चेत बहादुर आलेले जानकारी दिए ।

Advertisement

अध्यक्ष र महासचिबको प्रतिवेदनमाथि सहभागीहरूले धारणा राख्ने क्रम सकिएपछि प्रदेश र जिल्ला अध्यक्षहरूले आ आफ्नो प्रदेश र जिल्लाको रिपोर्टिङ गरेको प्रवक्ता आलेले बताए ।

राष्ट्रिय भेलामा संगठनलाई थप चुस्त दुरुस्त बनाउदै संगठन बिस्तारलाई तिब्रता दिने,पार्टी हित बिपरित कार्य गर्नेहरुमाथी कारबाही गर्ने लगायतका निर्णय भएको पार्टीका महासचिव टोप अस्लामीले जानकारी दिए ।

तीन दिने राष्ट्रिय भेलाले गरेका निर्णयहरु पत्रकार सम्मेलन मार्फत जानकारी गराइने महासचिव अस्लामीले बताए ।

राष्ट्रिय भेलाको आइतबार रूपन्देहीको भैरहवा स्थित महेन्द्र सभागृहमा पार्टीका केन्द्रीय अध्यक्ष सुर्यवंशीले उद्घाटन गरेका थिए ।   lumbinipati.com बाट

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु