माङसेबुङ । किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १४२ औ जन्मजयन्तीको अवसरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
विश्व शान्ति तथा मानव एकताको पवित्र उदेश्य बोकेको वाइ.के.एम. को आयोजनामा आगामी कात्तिक २२ देखि २६ गतेसम्म दोस्रो महागुरु फाल्गुनन्द भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो
Advertisement
सरस्वती माबिको सभाहलमा वाइ.के.एमले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सरस्वती माविको खेलमैदानमानै प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा ८ टिमले सहभागी जनाउने आयोजकले जनाएको छ । त्यस्तै पूर्वका विभिन्न क्लबको सहभागिता रहने वाई.के.एम. खेलकुद संयोजक युवहाङ फावेन लिम्बूले बताएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ६० हजार रुपैयाँ, ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ भने, उप विजेताले नगद ३० हजार रुपैयाँ साथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बाँकी अन्य विभिन्न विधागत पुरस्कार समेत प्रदान गरिने भलिबल प्रतियोगिताको तीन लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको आयोजक समितिले जनाएको छ ।
वाई.के.एम. ले गत वर्ष २०८२ सालमा पहिलो पटक आयोजना गरेको प्रथम महागुरु फाल्गुनन्द प्रतियोगितामा पाँचथरको मिक्लाजुङ गाउँपालिकाको कुरुम्बा सल्लेरी क्लबले हात पारेको थियो।



















