बेलडाँगी। किरात साम्यो माङसेवासाबा बेलडाँगी पोराक पान्जुम्भोको अध्यक्षमा पदम चोङबाङ चयन भएका छन् ।
दमक ३ बेलडाँगीमा शनिबार सम्पन्न किरात साम्यो माङसेवासावा बेलडाँगी पान्जुम्भोको भेलाले चोङबाङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
Advertisement
नव निर्वाचित उपाध्यक्षमा बुद्धिमान लिम्बू हंसमाया पतङवा , सचिवमा शिर्षमान राई , सह सचिव दुखुन मकरध्जोज राई , कोषाध्यक्षमा धनबहादुर लिम्बू रहेका छन् ।
यसैगरी सदस्यहरुमा छत्रबहादुर राइ , शुकराज लिम्बू , खड्गबहादुर राई, आशबहादुर राई , दलबहादुर राइ, फिपराज लिम्बू , जगतबबहादुर राई , जसबहादुर लिम्बूलाई चयन गरिएको छ ।
किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश साउदेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा किरात धर्मजन्य संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



















