विजयपुर दरबारमा सरसफाई कार्यक्रम सम्पन्न

धरानस्थित ऐतिहासिक लिम्बुवानको राजधानी विजयपुर दरबारमा शनिवार वृहत् सरसफाई कार्यक्रम भएको छ । सरसफाई कार्यक्रम विजयपुर दरबार संरक्षण सङ्घर्ष समितिले आयोजना गरेको हो ।
पञ्चकन्या जङ्गलस्थित गढीको शिखरबाट सुरु गरिएको सरसफाई पञ्चकन्या मन्दीरमा आएर समापन भएको थियो । समापनमा किरात याक्थुङ चुम्लुङ धरानका अध्यक्ष तीर्थ मादेम्बाले लिम्बुवानको राजधानी विजयपुर दरबार क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्त्व जोगाउने दायित्व सबैको भएको बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु