फिफा विश्वकप : स्पेन सेमिफाइनलमा प्रवेश

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो ।

स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक–एक गोल गरे । बेल्जियमका लागि चाल्र्स डे केटलेरले एक गोल फर्काए ।अब स्पेनले फाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नेछ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु