नवमी लिङ्दिन फुलुङगी माङसेबुङ दर्शन तीर्थमार्ग उद्घाटन

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुले रिबन काटेर नवमी लिङ्दिन फुलुङगी माङसेबुङ दर्शन तीर्थमार्गको उद्घाटन गर्नुभएको छ ।

माङसेबुङ गाउँपालिका ५ गुरु निजि आश्रम लारुम्बा हुदैँ  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्ञानभूमी फुलुङगी , देउमाइ नगरपालिका महागुरु ज्ञानभूमी खत्रक्पा हुदै नवमी,लिङ्दिङ , फुलुङगी, माङसेबुङ दर्शन  करिब २३ किलोमिटर सडक मार्ग अङसीस्माङ् तथा अङसीमामाङ् ज्युहरुले उद्धघाटन गर्नुभएको हो ।

Advertisement

अङसीमाङ तथा अङसीमामाङहरुले रिबान काट्र उद्घाटनको क्रममा माङसेबुङको गुरु निजी आश्रम लारुम्बाबाट अङसीमाङ तथा अङसीमामाङ फुलुङगी, खत्रक्पा हुँदै लिङ्दिन नवमी पुगेर पुनः खत्रक्पा फर्कनु भएको थियो । सो तीर्थ यात्रा ९¥याली० को क्रममा अङसीमाङ तथा अङसीमामाङज्यूले जीतपुरमा अवस्थित जीतपुर नाम्गेतयक फाल्गुनन्द हाङसाम माङहिमको अवलोकन समेत गर्नु भएको छ ।

अङसीमाङ तथा अङसीमामाङज्यूसँगै सयौंको संख्यामा रहेको सवारी साधनले माङसेबुङबाट जीतपुरसम्म ¥याली गरेको थियो । किरात धर्मका अनुयायी र स्थानीय उपभोक्ताको निजी लगानीमा निर्माण भएको नवमी लिङ्दिन फुलुङगी माङसेबुङ दर्शन तीर्थमार्ग कच्ची सडक धेरै समय अगाडिदेखि सञ्चालनमा आएको भए पनि शुक्रबार मात्र ओैपचारिक उद्घाटन भएको हो ।

माइ, देउमाई खोलाको संगमस्थल खत्रक्पामा सम्पन्न कार्यक्रममा मुहिङगुम अङसीमाङ् लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूबाट अमृतमय माङ आशीर्वचनसँगै माङवाहाङवा वितरण समेत भएको थियो ।
प्रमुख अतिथि इलाम क्षेत्र नं। २ प्रदेश सांसद गोबिन्द गिरी र विशेष अतिथि चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघ अध्यक्ष डकेन्द्रसिंह थेगिम, गुरु निजी आश्रम अर्थ समिति अध्यक्ष ताराबीर नेम्बाङ, गुरु प्रवक्ता डिल्लीराम चाम्लिङ, गुरु निजी कानुनी सल्लाहकार एन। एस। फागो लगायत विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

यो सडक मार्फत माङसेबुङबाट फुलुङगी, जीतपुर हुँदै गाग्रे भञ्ज्याङ मंगलबारे र इलाम सदरमुकाम आवतजावत गर्न सहज हुनेछ । तीर्थमार्ग उद्घाटन कार्यक्रमसँगै बाटो निर्माण कार्यमा सहयोग गर्ने दाताहरुलाई निर्माण समितिको तर्फबाट सम्मान तथा चिनो वितरण गरिएको थियो ।

कार्यक्रमको लागि गत चैत २९ गते ज्ञानभूमि खत्रक्पामा बृहत साक्मुरा वादेम्मा सेवा र बैशाख १ गते विश्व शान्ति तथा मानव एकताका लागि ज्ञान सिद्धभूमि खत्रक्पा, फुलुङगी र जितपुर नाम्गेतयक फाल्गुनन्द हाङसाम माङहिममा एकै दिन तीन ठाउँमा येत् नाम्धुङ लाधुङसेमी सेवा गरिएको थियो ।

नवमी लिङ्दिन फुलुङगी माङसेबुङ दर्शन तीर्थमार्ग संरक्षण समितिका अध्यक्ष गंगाप्रसाद प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सचिव काजीमान लिङ्देनले राखेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु