इलामको माङसेबुङ गाउँपालिका १ गजुरमुखीधाममा विश्व शान्ति तथा मानव एकताको निमित्त येत् नाम्धुङ लाधुङसेमी सेवा विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।
गुरु निजी आश्रम अर्थ समितिको आयोजनामा सप्ताहव्यापी सेवामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको देव उपस्थितिमा गत चैत २३-२७ गतेसम्म सेवा आयोजना भएको थियो । उक्त लाधुङसेमी सेवा तथा फूलमाला कार्यक्रम समापनमा किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ ज्यूले माङ् आशीर्वचन समेत प्रदान गर्नुभएको थियो ।
Advertisement
चैत २४ गते मंगलबार साक्मुरा वादेम्मा सेवा देउमाई ,फेवा र फाकफोकखोलाको संगम स्थानमा साक्मुरा वादेम्मा गालिश्राप वहन्ति सेवा गरिएको थियो ।



त्यस्तै २५ र २६ गते विश्व शान्ति मानव एकताको निमित्त लाधुङसेमी सेवा भएको थियो । सेवा सम्पन्न पछि माङहिम सेवा स्थान वरिपरि एक लाख आठ हजार एक सय आठ दीपप्रज्वलन समेत गरिएको थियो ।

यसैगरी २७ गते विहान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू बाट चिताएको पुग्ने ठाउँ प्रसिद्ध गजुरमुखीधाममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन , वाजवीर योङहाङको प्रतिमाको शिलान्यास गनुभयो ।


गजुरमुखीधाममा वि.स २००७ सालमा निर्मित भएको माङहिमको अङसीमाङले किरात सिद्ध हाङसाम वाजवीर मिङ्सो हाङमा योक माङहिम नामकरण गरिदिनु भएको किरात चोत्लुङ मुहिङगुम अङसी माङ्गेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भयो ।
गुरु निजि आश्रम अर्थ समितिका अध्यक्ष तारावीर नेम्बाङको अध्यक्षतामा महासचिव चतुरसिं वालिङहाङ राइले सञ्चालन गरेको उक्त कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबाँ पवित्रहाङ्मा लिङ्देन ज्यूहरुको हस्तबाहुलीबाट स्वदेश तथा विदेशबाट आएका श्रदालु भक्तजनहरुले फूलमाला ग्रहण गरेका थिए ।
किरात धर्मगुरु ज्यूको हस्तबाहुलीबाट फूलमाला ग्रहण गर्दै भक्तजनरु






















