इलामको माङसेबुङ गाउँपालिका १ गजुरमुखीधाममा येत् नाम्धुङ लाधुङसेमी सेवा यही चैत २३-२७ गतेसम्म सेवा आयोजना हुने भएको छ ।
गुरु निजी आश्रम अर्थ समितिको आयोजनामा सप्ताहव्यापी हुने सेवामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको देव उपस्थितिमा सेवा सञ्चालन हुने छ ।
Advertisement
चैत २४ गते मंगलबार साक्मुरा वादेम्मा सेवा देउमाई ,फेवा र फाकफोकखोलाको संगम स्थानमा हुनेछ । त्यस्तै २५ र २६ गते विश्व शान्ति मानव एकताको निमित्त लाधुङसेमी सेवा हुनेछ ।
यसैगरी २७ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूबाट माङआशीर्वचन र फूलमाला कार्यक्रम हुनेछ ।























