कियाचु अध्यक्षमा गोविन्द आङबुङ निर्वाचित

गोविन्द आङ्बुङलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङको १२औं महाधिवेसनमा आइतबार साँझ सम्पन्न भएको छ ।

उपाध्यक्ष ४ पदमा योगेन्द्र पालुङवा (कोशी) र चक्र येक्तेन अभिषेक (मेची), निरन्ति तुम्बापो (महिला), निर्वाचित भएका छन् ।

Advertisement

उपाध्यक्ष एक पद भने खाली रहेको निर्वाचन निर्वाचन मण्डलका सदस्य मलिसा याक्थुङबाले जानकारी गराए ।

महासचिवमा अमरजंग तुम्याहाङ (अमर तुम्याहाङ) निर्विरोध निर्वाचित भए । उपमहासचिवमा भवानी विक्रम सङबाङ्फे निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सचिव एक महिला सहित ४ सचिवमा ), लक्ष्मण लावती (मेचि) संगिता सुब्बा (कोशी), इन्द्रकुमारी लक्साम (महिला, उपत्यका) र जीवनप्रकाश शेर्मा निर्वाचत भए ।

कोषाध्यक्षमा कुमारधन जबेगु निर्विरोध निर्वाचित भएका छन् ।

संघीय कार्य समितिको केन्द्रीय सदस्यहरुमा ताप्लेजुङबाट रिता मादेन, बालचन्द्र आङ्बुहाङ इलामबाट सरस्वति तुम्बाहाफे र राम योङहाङ छनौट भए ।

 

पान्थरबाट फूलमाया नेम्बाङ र महेन्द्रकुमार आङदेम्बे झापाबाट गोमा राई शेर्मा, धर्मराज लक्साम्बा रहेका छन् ।

कमलदिप सुब्बा इन्द्रकुमारी आङबो र संखुवासभाबाट मनकुमार लिम्बू (अनिल )छन् ।

काठमाण्डौंबाट डिल्लीमाया थोक्लिहाङ योङहाङ र धनकुमार काम्बाङ रहेका छन् । तेह्रथुम सेसेहाङ चोङबाङ मोरङबाट प्रवेश मिभक छन् । भक्तपुरबाट रामबहादुर लिम्बू र सीता हुक्पा चोङबाङ छानिएका छन् । ललितपुरबाट बिष्णुमाया फियाक र टेकबहादुर लावती रहेका छन् । भक्तपुरबाट रामबहादुर लिम्बू सीता सुब्बा चोङबाङ छन् । मोरङबाट प्रवेश मिभक तेह्रथुमबाट सेसेहाङ हुक्पा चोङबाङ छानिएका छन् ।

लिम्बुवान प्रदेशबाट डाक्टर मधुराज, केरुङ टंकमाया लिम्बू, नरेन्द्रराज केरुङ, जितेन पन्धाक र सागर केरुङ छानिएका छन् ।

नेवा ताम्सालिङबाट मुना लिम्बू भीमप्रसाद सुब्बा र रामकुमार सङबाङ्फेको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु