इलाम । इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा विश्व शान्ति तथा मानव एकताको निमित्त येत्नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न भएको छ ।
जमुना अवस्थित फाल्गुनन्द मिङसो माङहिम सेवा सञ्चालक समितिको आयोजनामा गत फागुन १० गते आइतबार विश्व शान्ति तथा मानव एकता एवम् सम्पूर्ण चराचर जगत प्राणीको उपकारको लागि चोमेन येत्नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको हो ।
Advertisement
सेवामा साङदाङगेन वरुमसाबाहरुमा धनप्रसाद सावदेन पेमुकहाङ ईवाहाङ रहेको थियो । भने, माङसेवासाबाहरुमा विनोद सावदेन सोमहाङ सावदेन अमृत सावदेन मनबहादुर साबा तेजिन्द्र थेबे सन्जिप वनेम रविन बुङ्छेन राई रहेको थियोे ।
सेवा सजिसजावटको लागि खाजोङ प्रमुख हरि योङहाङ अबिशेक चेम्जोङ पूर्ण सेर्मा मदन सेर्मा लगायत रहेका थिए ।
जमुनामा एकघर किरात धर्ममा प्रवेश
सो सेवाको अवसरमा जमुनामा एक घर किरात धर्मावलम्बीको संख्या बढेको छ । कुमार लिङ्देन परिवार किरात धर्ममा साङदाङवरुमधामा हुनु भएको थियोे । लिङ्देनलाई साङदाङगेन वरुमसाबा धनप्रसाद सावदेनले किरात साम्जिक मुन्धुम अनुसार साङदाङवरुमधामा गर्नु भएको हो ।

जमुनामा करिब २५ घर सङ्ख्यामा रहेको किरात धर्मावलम्बीहरुमा एक घर लिङ्देन परिवार दिक्षित भएकोमा खुशीको कुनै सीमा नरहेको किरात मिङसो फाल्गुनन्द माङहिम समिति अध्यक्ष संगम थेबेले बताए ।
सेवामा सुलुबुङ , जमुना, प्याङ , माबु, ओख्रे, वरबोटे , सिरिसे लगायत गाउँबाट किरात धर्मावलम्बी भक्तजनहरुहरुको सहभागितामा भएको सेवामा उपस्थित जमुनाबासिहरुलाई माङप्रसाद जलपान समेत वितरण गरिएको थियो ।



























