जमुनामा विश्व शान्ति मानव एकताको लागि लाधुङसेमी सेवाको तयारी पूरा

इलाम । सन्दकपुर गाउँपालिका वडा नम्बर – ५, जमुनामा विश्व शान्ति तथा मानव एकताको निमित्त  येत्नाम्धुङ लाधुङसेमी सेवाको तयारी पूरा भएको छ ।

जमुना अवस्थित फाल्गुनन्द मिङसो माङहिम सेवा सञ्चालक समितिको  आयोजनामा भोलि आइतबार हुने विश्व शान्ति तथा मानव एकता एवम् सम्पूर्ण चराचर जगत प्राणीको उपकारको लागि चोमेन येत्नाम्धुङ लाधुङसेमी सेवा तयारी पूरा भएको आयोजक समितीका अध्यक्ष संगम थेबेले बताए ।

Advertisement

सेवाको आज पहिलो दिन  सनिवार साक्मुरा वादेम्मा ( गालिश्राप बहन्ती ) सेवा सम्पन्न भएको छ । त्यस्तै भोलि हुने सेवा कार्यक्रममा  सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ , उपाध्यक्ष हरिबहादुर लुङगेली , वडाअध्यक्षहरु, विभिन्न धार्मिक संघसंस्था प्रतिनिधि लगायतको विशेष आतिथ्यमा   कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष थेबेले जानकारी दिएका छन् ।

यसैगरी विश्व शान्ति तथा मानव एकताको निमित्त येत्नाम्धुङ लाधुङसेमी सेवामा साङदाङगेन वरुमसाबा  माङसेवासाबाहरुले मुन्धुम वाचन गर्नेछन्  ।

सेवामा इलामका सुलुबुङ , जमुना, प्याङ , माबु, ओख्रे, बरबोटे  लगायत गाउँबाट किरात धर्मावलम्बी भक्तजनहरुहरुको व्यापक सहभागितामा  हुने सेवामा माङप्रसाद जलपानको  समेत आयोजना गरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु