पवित्रहाङमा गोल्डकप : दारिम्बा फुटबल क्लब पाँचथर सेमिफाइनलमा

दारिम्बा फुटबल क्लब पान्थर पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा सोमबार सम्पन्न खेलमा पद्मा स्पोट्र्स क्लब ओखलढुङ्गालाई २–० गोल अन्तरले पराजित गर्दै पान्थर सेमिफाइनल प्रवेश गरेको हो ।

Advertisement

 

पान्थरको जितमा वर्षा ओलीले २ गोल गरेकी थिइन् । वर्षा आजको खेलको उत्कृष्ट खेलाडी बन्दै ३ हजार ५ सय ७० रुपैयाँ प्राप्त गरेकी छन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा आयोजित गोल्डकप प्रतियोगिता अन्तर्गत भोलि मंगलबार जनता सेवेन स्पोर्ट क्लब इलाम र बेलबारी फुटबल क्लब मोरङबीच हुनेछ ।

प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । सहभागी टिमहरुमा नेपालबाट फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस क्लब ओखलढुङगा र लेटाङ फुटबल क्लब मोरङ रहेका छन् । यसैगरी भारतबाट पाहुना टोलीका रुपमा हिमालय फुटबल क्लब रहेको छ ।

प्रतियोगितका विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु